शुक्रबार, साउन २९, २०८३

नेपाल प्रहरीका तीनै एआईजीको सरुवा 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- सरकारले नेपाल प्रहरीका एआईजीहरुको सरुवा गरेको छ । मंगलबार साँझ बसेको मन्त्रिपरिषदको बैठकले ठुले राई, पुष्कर कार्की र धिरु बस्नेतलाई सरुवा गरेको हो । 

प्रहरी प्रधान कार्यालयको कार्य एवं अपराध अनुसन्धान बिभागका एआईजी ठुले राईलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान (प्रहरी एकेडेमी) महाराजगन्जमा सरुवा  गरेको छ ।  

 त्यस्तै राष्ट्रिय प्रहरी प्रतिष्ठानमा कार्यरत एआईजी पुष्कर कार्कीलाई   प्रहरी प्रधान कार्यालय अन्तर्गत कार्य तथा अपराध अनुसन्धान विभागमा सरुवा गरिएको छ । एआजी धिरु बस्नेतलाई भने मानवस्रोत एवं प्रशासन विभागमा  सरुवा गरिएको छ ।

अपराध अनुसनधान बिभागमा रहेका बस्नेत यसअघि सुरक्षा परिषदमा तानिएका थिए । सरुवाका विषयमा सरकारले आधिकारीक सूचना भने सार्वजनिक गरेको छैन । बिहीबार सञ्चारमन्त्री तथा सरकारका प्रवक्ताले पत्रकार सम्मेलनमार्फत सरुवाको सुचना सार्वजनिक गर्ने प्रहरी स्रोतले जनाएको छ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।