शुक्रबार, साउन २९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सिस्टम नै ह्याक गरेर कृषि विकास बैंकबाट ३ करोड चोरी : १० जना पक्राउ

सिस्टम नै ह्याक गरेर कृषि विकास बैंकबाट ३ करोड चोरी : १० जना पक्राउ

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- कृषि विकास बैंकबाट ब्यालेन्स सिट नै ह्याक गरेर करिब ३ करोड रुपैयाँ बढी चोरी भएको  छ। 

बै‌कको पाँच वटा शाखाबाट सिस्टम ह्याक गरेर पैसा निकालेको पाइएको हो । बै‌कले साढे २ करोड रुपैयाँ ह्याक गरेर चोरी गरिएको पुष्टि गरेको छ भने तीन करोड रकम चोरी भएको हुनसक्ने अनुमान गरेको छ । 

कृषि विकास बैंकको विभिन्न शाखामात्र ट्रान्सफर गरेर केन्द्रीय शाखाबाट सो रकम निकालेको देखिएको प्रहरीले जनाएको छ। तर, कसरी निकालियो भन्ने बारेमा प्रहरीले केही खुलाएको छैन।

बैंकको नाफा नोक्सान खाताबाट सो रकम चोरी भएको आशकां कृषि विकास बै‌कको छ।  राष्ट्र बै‌कले भने २ करोड चोरी भएको आफूलाई जानकारी गराएको जनाएको छ। 

यसअघि चिनियाँ ह्याकरहरुले एटीएम ह्याक गरेर करोडौँ रुपैयाँ निकालेकोमा कृषि विकास बैङ्कको चोरीमा नौलो शैलीमा रकम चोरी भएको पाइएको राष्ट्र बैंकका अधिकारीहरुले बताएका छन् । राष्ट्र बैंकका अनुसार ब्यालेन्स सिटमा नै हिट गरेर पैसा ट्रान्सफर गरिएको देखिएको छ ।

१० जना पक्राउ 

कृषि विकास बैंकबाट ३ करोडभन्दा धेरै रकम निकालेको आशंकामा प्रहरीले १० जनालाई पक्राउ गरेको छ।

काठमाडौँसहित देशका विभिन्न भागबाट प्रहरीले उनीहरुलाई पक्राउ गरेको महानगरीय प्रहरी अपराध महाशाखाले जनाएको छ।

सिस्टम ह्याक गरेर रकम निकाल्ने १० जनामध्ये तीन जनालाई काठमाडौंबाट र अन्यलाई काठमाडौं बाहिरबाट पक्राउ गरिएको हो।

आज दिउँसो २ बजे महाशाखामा पत्रकार सम्मेलन गरी पक्राउ परेकाहरुलाई सार्वजनिक गरिने महाशाखाका एसएसपी सहकुल थापाले जानकारी दिए । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।