शुक्रबार, साउन २९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • म्यान पावर व्यवसायी संघमा लोकतान्त्रिक प्यानल विजयी

म्यान पावर व्यवसायी संघमा लोकतान्त्रिक प्यानल विजयी

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं– नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा लोकतान्त्रिक समुहको प्यानलै विजयी भएको छ ।
 
नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा लोकतान्त्रिक समूहको प्यानलले जित हात पारेको हो । नेपाली काङ्ग्रेस निकट लोकतान्त्रिक समूहका बिष्णुप्रसाद गैरेको प्यानल विजयी भएको हो । 

अध्यक्ष गैरे ३३० मत ल्याएर विजय हुँदा उनका प्रतिस्पर्धी प्रगतिशील समूहका सरोजकुमार पोखरेलले २८२ मत ल्याए ।

मंगलबार भएको २७औं साधारणसभामा लोकतान्त्रिक समूहले संघको इतिहासमै पहिलो पटक प्यानल नै जित हँसिल गरेको हो । कुल मतदाता संख्या ६५८ रहेपनि ६२१ जनाले मतदान गरेका थिए ।

संघको प्रथम उपाध्यक्षमा कमल तामाङ, द्वितीय उपाध्यक्षमा कमलदेव मल्ल, तृतीय उपाध्यक्षमा किशोरकुमार केसी, महासचिवमा सुजित श्रेष्ठ निर्वाचित भएका छन्।

त्यस्तैगरी सचिवमा मेघनाथ भुर्तेल र कोषाध्यक्षमा इन्दिरा गुरुङ विजयी भएकी छिन् । कोषाध्यक्ष इन्दिरा गुरुङ सबैभन्दा बढी १६८ मतान्तरले विजयी भएकी छिन्।

संघको सदस्य पदमा कर्णराज कटुवाल, दिनेश कुमार राय (राहुल), सुरेन्द्र अर्याल, हर्कबाहादुर लिम्बु, बिजय लामा, वावुलाल मगर नरेन्द्र, केशवराज न्यौपाने, छविलाल भटराई, लक्ष्मण पौडेल विजयी भएको निर्वाचन समितिले जानकारी दिएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।