शुक्रबार, साउन २९, २०८३

भोटेबहालमा बसको ठक्करबाट साइकल यात्रीको मृत्यु

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- काठमाडौंको भोटेबहालमा बसको ठक्करबाट साइकल यात्रीको मृत्यु भएको छ । 

बुधबार बिहान त्रिपुरेश्वरबाट कालिमाटी जादै गरेको बा ५ ख ७३९१ नम्बरको बसले साइकल यात्रीलाई ठक्कर दिएको हो ।

बसको ठक्करबाट गम्भीर घाइते भएका साइकल यात्री पर्सा ब्रम्हपुर नगरपालिका–३ का ३५ वर्षका भिम लामाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार बसले ठक्कर दिए लगतै उनलाई उपचारका लागि वीर अस्पताल लगिएको थियो । उनको अस्पतालमै उपचारका क्रममा मृत्यु भएको हो ।

ठक्कर दिने बसलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाका बारेमा अनुसन्धान भइराखेको जनाइएको छ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।