शुक्रबार, साउन २९, २०८३

अख्तियार प्रमुखले नमान्दा नेता नेपालको बयान रोकियो

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- राजधानीबाट प्रकाशित बुधबारका राष्ट्रिय दैनिक अखबारहरुले विविध विषयका खबरहरुलाई प्राथमिकतामा पारेका छन् ।
 
आजको नागरिक दैनिकले बालुवाटारको सरकारी जग्गा निजी बनाइएको विषयमा तत्कालिन प्रधानमन्त्री तथा नेकपाका नेता माधव नेपालसँग बयान लिन अख्तियार हच्किएको विषयलाई मुख्य समाचार बनाएको छ ।
 
अख्तियार प्रमुख नविन घिमिरे नमानेपछि नेता नेपालसँगको बयान रोकिएको हो । प्रधानमन्त्री कै रुपमा नेता नेपालको नियत खराब देखिने आधार नभएको र बयानमा बोलाउँदा राजनीतिक प्रतिशोध मात्रै देखिने ठहर गरेपछि अख्तियारले नेता नेपालसँगको बयान रोकेको समाचारमा उल्लेख छ ।

यस्तै नागरिकले रुपन्देहीको पर्यटकीय नाका बेलहियाको भद्रगोल अवस्था र अस्तव्स्तताको विषयलाई पनि प्राथमिकताका साथ छापेको छ । लुम्बिनी पुग्ने पर्यटकहरुले प्रयोग गर्ने यो नाकाको सडकमा रहेका खाल्डाखुल्डी, धुलो र हिलोबाट पर्यटकसँगै स्थानीय पनि आजित बनेको समाचारमा उल्लेख छ। 

यस्तै मुख्य सचिवका कारण प्रधानमन्त्री अप्ठेरोमा परेको विषयलाई पनि नागरिक दैनिकले प्राथमिकताका साथ छापेको छ । नीति र कार्यान्व्यनबीच पुलको रुपमा काम गर्नुपर्ने  मुख्य सचिव र प्रधानमन्त्रीबीच समन्व्यन नहुँदा सरकारका थुप्रै निर्णय निष्प्रभावी र विवादित बन्ने गरेको समाचारमा उल्लेख छ।
 
आजको अन्नपूर्ण पोस्ट्ले भने नेपाल वायु सेवा निगमसँग १४ वटा जहाज भएपनि जम्मा ६ वटा मात्रै उड्ने गरेको विषयलाई मुख्य समाचार बनाएको छ। ८ वटा जहाज ग्राउन्डेड भएका छन् । २४ अर्ब खर्च गरेर भित्राइएको वाइडबडी पनि तेल बढी खाएपछि ग्राउन्डेड भएको समाचारमा उल्लेख छ ।
 
यस्तै अन्नपूर्णले असन्तुलित कूटनीति शीर्षकमा टिप्पणी लेखेको छ भने डोल्पाका गुम्बामा चोरी भयावह बन्दै गएको विषयलाई पनि महत्वका साथ पहिलो पृष्ठमा छापेको छ। 

नयाँ पत्रिका दैनिकले हुँदै नभएको प्रदेश प्रहरीका लागि करोडौँका गाडी शीर्षकमा मुख्य समाचार छापेको छ। आर्थिक वर्षको अन्तिममा हतार हतार सवारी साधन किनेर केन्द्र सरकार मातहतकै प्रहरीलाई बुझाइएको समाचारमा उल्लेख छ ।

यस्तै प्रत्येक सांसदले पाउने ६ करोड रुपैयाँ भौतिक पूर्वाधार विकासबाहेकका काममा खर्च गर्न नपाइने भएको विषयलाई पनि नयाँ पत्रिकाले महत्वका साथ छापेको छ।
 
सरकारले आर्थिक वर्ष ०७६/७७ को बजेटमा निर्वाचन क्षेत्रमा खर्च गर्न सांसदलाई ६/६ करोड छुट्याएको छ । गत आर्थिक वर्षमा ४ करोडका दरले दिएको सरकारले २ करोड थपेर ६ करोड र्पुयाएको छ । यो कार्यक्रमका लागि जम्मा ९ अर्ब ९० करोड विनियोजन भएको छ ।

कान्तिपुर दैनिकले चीनले ‘सी विचारधारा’को परिक्षण नेपालबाट सुरु गरेको विषयलाई मुख्य समाचार बनाएको छ । उसले ‘सी विचारधारा’ को विदेशी भूमिमा वैचारिक अन्तर्क्िरया गर्ने क्रमको थालनी नेपालबाट गरेको हो ।
 
यस किसिमको विरलै हुने वैचारिक घनिष्ठता दुवै देशमा कम्युनिस्ट पार्टी सत्तामा रहेका बेला सम्भव भएको समाचारमा उल्लेख छ । चिनियाँ राष्ट्रपति सी चिनफिङको आसन्न नेपाल भ्रमणको पूर्वसन्ध्यामा उनैको नाममा अगाडि सारिएको कार्यदिशामाथि पार्टीगत अन्तक्रिया गरिएको हो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।