मंगलबार, असोज २०, २०८३

कमेडी च्याम्पियनमा यस्तो प्रस्तुति जसले निर्णायकलाई नै विवादमा उभ्यायो

यसअघिको सिजनमा सहभागी कलाकार आदर्श मिश्राले पनि निर्णायक पन्तले रङ्गभेदी प्रतिक्रिया दिएको बताएका थिए।
 |  आइतबार, भदौ १३, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, भदौ १३, २०७८

काठमाडौं– कमेडीका हाँगाविँगा धेरै छन्। छिमल्न नसक्दा कमेडी कार्यक्रमकै निर्णायक अलमलिएको सुन्दा या देख्दा हामीकहाँ अनौठो लाग्दैन तर कलाको विश्व–नक्शामा भने यो आश्चर्यको विषय बन्दछ।

कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन सिजन २’ को शनिबारको शृंखलामा एकजना प्रस्तोताको कला–प्रस्तुतिले लामो समय हास्यव्यङ्ग्यमै काम गरेका अनुभवी कलाकार सन्तोष पन्तलाई फेरि विवादित बनायो। निर्णायक बनेका कलाकार पन्तले यो शोमा उपाधिका दावेदार मानिएका प्रतियोगी मध्येका एक ‘विक्की अग्रवालको प्रस्तुति बुझिनँ’ भनेपछि उनीमाथि अनेक प्रतिक्रियाहरु व्यक्त भएका छन्। यसले उनको कला–चेत र ज्ञानको दायरामाथि नै प्रश्न गरेको कहिँकतै छिपेन।

यसअघिको सिजनमा सहभागी कलाकार आदर्श मिश्राले पनि निर्णायक पन्तले रङ्गभेदी प्रतिक्रिया दिएको बताएका थिए।

कमेडी च्याम्पियनको यो शृंखलामा कलाकार अग्रवालले नेपालमा चलेको परम्परागत कमेडीभन्दा अलग शैली प्रस्तुत गरेका थिए। जसका लागि उनले रोजेका थिए, पेन्टोमाइम शिल्प अर्थात् ‘माइम एक्ट’। ‘माइम एक्ट’ संगीतसहित मौन कलाको यस्तो स्वरुप हो जहाँ हाउभाउ, भावभंगी, नृत्य, मुद्रा र अनुहारका भावबाट कथा भनिन्छ। नाट्य मञ्चनको अंग र एउटा आयामका रुपमा परिचित यो शैली युरोपमा चलेका धेरै पुराना शैलीहरुमध्ये एक हो।  

थिएटरमा मात्र होइन, कतिपय फिल्महरुमा समेत यो शैलीको प्रभाव गहिरो देखिन्छ। फिल्मका पात्र र सन्दर्भ–दृश्यहरुमा फिल्मकर्मीहरुले यो शैलीलाई प्रयोग गरेका छन्। १६ औं शताब्दीमा घरेलु प्रहसनका रुपमा अभ्यूदय भएको यो शैलीको विकास र प्रभाव कथा भन्ने कलाका सबै विधाहरुमा धेरथोर देखिन्छ। झन् प्रहसनमा यो शैली प्रख्यात नै छ। 

विक्कीले एउटा मान्छे निद्रामा रहेका बेला पनि उसको मनोदशा कति चञ्चल र अभिसप्त हुन्छ भन्ने भाव आफ्नो प्रस्तुतिमा प्रकट गरेका थिए। जस्तोसुकै अवस्थामा पनि ‘मन’ चलायमान हुने मान्छे आफैंमा व्यङ्ग्यको बिम्ब हो भन्ने अन्तर्यसहित प्रस्तुत सामग्रीले कार्यक्रममा उपस्थित दर्शक तथा स्रोतालाई हँसाउनुको साटो गम्भिर बनाएको थियो। यसको खास कारण के थियो भने, कमेडी कथ्यको यो शैली नेपाली दर्शक तथा स्रोताका लागि नूतन हुनु। 

यसको अर्थ यो होइन कि, विक्कीको प्रस्तुति कमेडी नै होइन। कलाको एउटा फरक शैली अपनाएर उनले एउटा अलग कथा भन्ने हिम्मत र साहस कार्यक्रममा देखाए, जसलाई बाँकी निर्णायकहरु ऋचा शर्मा, प्रदीप भट्टराई र मनोज गजुरेलले प्रशंसा गरेका थिए।


प्रकाशित: Aug 29, 2021| 20:10 आइतबार, भदौ १३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।