शुक्रबार, साउन २९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • डीडीसीका पूर्व महाप्रबन्धकसहित १० जनाविरुद्ध भ्रस्टाचार मुद्धा

डीडीसीका पूर्व महाप्रबन्धकसहित १० जनाविरुद्ध भ्रस्टाचार मुद्धा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं–  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुग्ध विकास संस्थान (डीडीसी)का पूर्व महाप्रबन्धक गंगा तिम्सिनासहित १० जनाविरुद्ध बिशेष अदालतमा मुद्दा दायर गरेको छ। 

विना टेण्डर दुध ढुवानीको जिम्मा दिएर संस्थालाई आर्थिक नोक्सानी पु¥याई भ्रष्टाचार गरेको भन्दै उनीहरु विरुद्ध मुद्धा दायर गरिएको अख्तियारले जनाएको छ । 

काठमाडौं उपत्यकामा दुग्ध वितरणको लागि गोकुल निर्माण सेवा र प्रभु आदित्य बिजनेश प्रा.लि.लाई ठेक्का दिएकोमा ठेकेदार कम्पनीसँग मिलेमतो गरी टेण्डर नगरी पुनः सम्झौता गरेर संस्थानलाई ठूलो आर्थिक नोक्सानी पु¥याएको अख्तियारको आरोप छ । 

अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार तिम्सिनासहित संस्थानका तत्कालीन निमित्त उपमहाप्रबन्धक डा.ईश्वरीप्रसाद अधिकारी, दुग्ध वितरण आयोजना बालाजुका तत्कालीन आयोजना प्रमुख राजगोविन्द राजकर्णिकार, तत्कालीन सहायक प्रबन्धक माधवप्रसाद ओझा, तत्कालीन वरिष्ठ लेखा अधिकृत राजनजंग थापा र तत्कालीन प्रशासकीय अधिकृत हाल दुग्ध विकास संस्थानका प्रशासन व्यवस्थापन विभागका निमित्त प्रमुख दीपक सुवेदीविरुद्ध मुद्धा दायर गरिएको छ। 

यस्तै दूध डिष्ट्रिब्युटर गोकुल निर्माण सेवाका संचालक गोकुल फुयाँल र प्रभु आदित्य बिजनेश प्रा.लि.का संचालकद्वय फणिन्द्र प्रसाद दाहाल, दिप बहादुर खड्का तथा तत्कालीन सञ्चालक सतिशकुमार गिरी समेतको मिलेमतो रहेको भन्दै उनीहरु विरुद्ध पनि अख्तियारले मुद्धा दायर गरेको छ। 

उनीहरुले सार्वजनिक खरिद ऐन, २०६३, सार्वजनिक खरिद नियमावली, २०६४, दुग्ध विकास संस्थान आर्थिक प्रशासन सम्बन्धी विनियमावली, २०६६ को साथै दुग्ध विकास संस्थान खरिद व्वस्थापन शाखा, प्रशासन व्वस्थापन विभाग र आर्थिक व्वस्थापन विभाग समेतको सिफारिस राय विपरित प्रतिलिटर ढुवानी मूल्यमा आफूखुसी रु. ५५ मूल्यवृद्धि गर्ने निर्णय गराएको पाईएको अख्तियारले जनाएको छ। 

२०६९ माघ २२ गतेको सम्झौतामा उल्लेखित गराई अस्वाभाविक बढी भुक्तानी दिई आफूहरूलाई फाइदा र दुग्ध विकास संस्थानलाई हानि नोक्सानी पु¥याएको पुष्टि भएको अख्तियारले जनाएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।