शुक्रबार, साउन २९, २०८३

माया बिक हत्या प्रकरण : लिखित बहस नोट पेश गर्न आदेश

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

धनगढी - १५ महिना अघि सामूहिक बलात्कार पछि हत्या गरिएकी कैलालीको गौरीगंगा नगरपालिका–११ की माया बिकको मुद्दामा वकिललाई लिखित बहस नोट पेश गर्न आदेश जारी भएको छ।

मंगलबार १० औं पटक पेशीमा चढेको मुद्दाको जिल्ला अदालत कैलालीका न्यायाधीश कृष्णप्रसाद नेपालको एकल इजलाशले वादी र प्रतिवादी दुबै पक्षका वकिललाई लिखित बहस नोट पेश गर्न आदेश दिएको हो। उक्त मुद्दाको यसअघि नवौं पटक पेशी सरेको थियो।

‘कानुन व्यवसायीलाई लिखित बहस नोट पेश गर्न आदेश भएको छ’, अदालतका श्रेस्तेदार भुवन गिरीले भने, ‘१० देखि १५ दिनको समय लागिहाल्ने भएकाले दशैँ पछि मुद्दाको सुनुवाई हुनसक्छ।’ 

गत वर्ष असार १२ गते कार्यालय जान घरबाट हिँडेकी विकको १५ गते गौरीगंगा नगरपालिका–११ कै चपथली सामुदायिक वनमा शव भेटिएको थियो। उनको सामूहिक बलात्कारपछि हत्या भएको प्रहरीले जनाएको छ।

बलात्कारमा संलग्न रहेको भन्दै प्रहरीले गौरीगंगा–११ का गणेश बडूवाल, मनोज बोगटी, सुरज चौधरी, भुवन खाती र दीपेन्द्र बोगटीलाई पक्राउ गरि थुनामा राखेर अनुसन्धान गरिरहेको छ। पाँचै जनाविरुद्ध कर्तव्य ज्यान, जबरजस्ती करणी र अपहरण अन्तरगत मुद्दा चलाइएको छ। 

घटना भएको १५ महिना पुग्नै लाग्दा पनि मुद्दाको फैसला नहुँदा पीडित परिवारले न्याय पाउनेमा आशंका व्यक्त गर्दै आएका छन्। हालसम्म प्रतिवादीका कानुन व्यवसायी र सरकारी वकिलबाट ४/४ पटक र १ पटक इजलास नै नबसेर मुद्दाको पेशी सरेको थियो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।