शुक्रबार, साउन २९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • पाकिस्तानमा ५.८ म्याग्निच्यूडको भूकम्प, दिल्लीसम्म धक्का महशुस

पाकिस्तानमा ५.८ म्याग्निच्यूडको भूकम्प, दिल्लीसम्म धक्का महशुस

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

पाकिस्तान प्रशासित कश्मीरको मीरपुरलाई केन्द्र बनाएर ५.८ म्याग्निच्यूडको भूकम्प गएको छ ।

मीरपुर सहरमा राजमार्ग धस्सिएको र त्यहाँ मानवीय क्षति भएको हुनसक्ने वताए पनि अहिलेसम्म हताहतीको विवरण आइ नसकेको पाकिस्तानी पत्रिका डनले उल्लेख गरेको छ । द न्यूजले भने ४ जनाको मृत्यु र ५० जना घाइते भएको विवरण प्राप्त भएको उल्लेख गरेको छ ।

त्यस्तै भारत प्रशासित कश्मीरमा पनि भूकम्पको ठूलो धक्का महशुस गरिएको र त्यहाँ पनि क्षति भएको हुनसक्ने भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । 

डनका अनुसार पाकिस्तानका अधिकांश भूभागमा भूकम्पको धक्का महशुस गरिएको छ र मानिसहरु घरबाट निस्केर सडकमा आएका छन् ।

त्यसैगरी भारतको नयाँ दिल्ली, चण्डिगढमा पनि भूकम्पको धक्का महशुस गरिएको बताइएको छ  ।

पाकिस्तानी भूकम्प मापन केन्द्रका अनुसार भूकम्पको केन्द्र मिरपुर नजिक जमिनभन्दा १० किलोमिटर मुनी थियो । 

 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।