शुक्रबार, साउन २९, २०८३

‘थ्रेस होल्ड’को डरले दलहरु पनि मर्जरमा ! 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- आगामी निर्वाचनका लागि अहिलेदेखि नै साना दलहरु चिन्तित देखिएका छन्।

पछिल्लो प्रतिनिधिसभाको निर्वाचनमा ४९ दलले भाग लिए पनि संघीय संसदमा राष्ट्रिय दलको मान्यता पाउने जम्मा चारवटा पार्टी छन्।

राष्ट्रिय दलको मान्यता पाउन कुनै पनि दलले कुल सदर मतको ३ प्रतिशत मत प्राप्त गर्नुपर्ने व्यवस्था छ । त्यस्तै राष्ट्रिय दलले मात्र समानुपातिकतर्फको सिट पाउन सक्छन् । यही ३ प्रतिशतको थ्रेस होल्डका कारण संघीय संसदमा पुगेका ९ दल मध्ये नेकपा, नेपाली कांग्रेस, राजपा र समाजवादी पार्टीले मात्र राष्ट्रिय दलको मान्यता पाए।

संघीय संसदमा प्रतिनिधित्व भए पनि तीन प्रतिशत मत सीमा कटाउन नसक्दा तत्कालीन नयाँ शक्ति पार्टी, राप्रपा, नेमकिपा, राष्ट्रिय जनमोर्चालगायतले राष्ट्रिय दलको मान्यता पाउन सकेनन्।

सत्तारुढ नेकपा र प्रमुख प्रतिपक्षी कांग्रेसले आगामी निर्वाचनमा थ्रेस होल्ड अझै बढाउने पक्षमा छन्। साना दलहरुलाई भने थ्रेस होल्ड बढाउने चर्चाले चिन्ता थपिएको छ। त्यसैले उनीहरु ‘मर्जर’ मै गएर भए पनि ठूलो पार्टी बन्ने प्रयासमा छन्। राजपा र समाजवादीबीच भइरहेको एकीकरणको प्रयासलाई यसैको कडीका रुपमा लिन सकिन्छ । 

बढ्नसक्ने थ्रेस होल्ड कटाउनकै लागि पनि राजपा र समाजवादी एकीकरण हुनु पने राजपा अध्यक्ष मण्डलका संयोजक महेन्द्र राय यादव बताउँछन्। “देशलाई दुई दलीय व्यवस्थामा लैजाने कम्युनिष्ट र कांग्रेसको तयारी छ। उनीहरुले आगामी निर्वाचनमा थ्रेस होल्ड बढाउने निश्चित छ,” यादवले भने, “राजपा र समाजवादीबीच एकीकरण नभए दुबै दलको अस्तित्व संकटमा पर्न सक्छ।”

यसैगरी हिन्दुवादी-राजावादी दलहरुबीच पनि थ्रेस होल्डलाई ध्यानमा राखेर एकीकरणको चर्चा पुनः सुरु भएको छ।

अहिले संघीय संसदमा राजावादी दलहरुको उपस्थिति शून्य जस्तै छ। एक जना मात्र सांसद रहेको राप्रपाले राष्ट्रिय दलको मान्यता पाउन सकेको छैन। 

पशुपति शमशेर राणा र प्रकाश चन्द्र लोहनी नेतृत्वका दुई दलबबीच एकीकरण भइसकेको छ भने अब कमल थापा नेतृत्वको राप्रपासँग एकीकरणको छलफल अगाडि बढेको छ। राप्रपाका प्रचार विभाग प्रमुख मोहन श्रेष्ठ भन्छन्, “राप्रपा संयुक्तका दुबै नेतासँग छलफल भएको छ। देशमा बलियो प्रजातान्त्रिक शक्ति चाहिएकोले शक्तिशाली भएर आन्दोलनमा जान पनि एकीकरण आवश्यक छ।” 

पार्टीको अस्तित्वका लागि पनि एकीकरण महत्वपूर्ण भएको श्रेष्ठ बताउँछन्। “टुक्रा टुक्रामा रहँदा पार्टी सर्भाइबलको समस्या छ। अहिले नै राष्ट्रिय दलको मान्यता पाउन सकिएको छैन, त्यसकारण एकीकरण हुनु पर्छ।” श्रेष्ठले भने।

थ्रेस होल्ड बढाउने विषयमा छलफल अगाडि बढेकोेप्रति श्रेष्ठले असन्तुष्टि व्यक्त गरे। “थ्रेस होल्डका प्रस्तावक हामी पनि हौं। राजनीतिक स्थायित्वका लागि तीन प्रतिशत थ्रेस होल्ड कायम हुनु पर्छ। तर, यसलाई बढाउनु उपयुक्त हुँदैन,” उनले भने।

राजपा अध्यक्ष मण्डलका सदस्य महेन्द्र यादवले मधेशमा जनाधार भएका दलहरुबीच मर्जर भएमात्र आगामी निर्वाचनमा राम्रो परिणाम ल्याउन सकिने बताए। “सरकारले बैंकहरुलाई फोर्स मर्जरमा लग्ने हल्ला छ। नेकपा र कांग्रेसको ध्यान पनि राजनीतिक दलको संख्या घटाउने तिर छ। त्यसैले दलहरुको अस्तित्वका लागि मर्जर आवश्यक छ,” यादवले भने।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।