शुक्रबार, साउन २९, २०८३

यू–१८ साफ च्याम्पियनसिप : बंगलादेश सेमिफाइलमा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं– नेपालमा जारी तेस्रो संस्करणको यू–१८ साफ च्याम्पियनसिप अन्तर्गत साविकको उपविजेता बंगलादेश सेमिफाइनल प्रवेश गरेको छ। सोमबार भएको खेलमा बलियो टोली भारतसँग गोलरहित बराबरी खेल्दै बंगलादेश सेमिफाइनल प्रवेश गरेको हो। 

यसअघि समूह ‘बी’ को बंगलादेशले आफ्नो पहिलो खेलमो श्रीलंकालाई ३–० गोलले पराजित गरेको थियो। यस नतिजासँगै बंगलादेशले २ खेलमा ४ अंक जोड्दै समूहको शीर्षस्थानमा स्थान बनाएको छ। भारतले भने प्रतियोगितामा आफ्नो समूहको पहिलो खेल खेलेको छ। भारत १ अंकसहित दोस्रो र श्रीलंका अंकविहिन हुँदै तेस्रो स्थानमा छ। 

अब भारतले यस समूहको अन्तिम खेलमा बुधबार श्रीलंकाको सामना गर्नेछ। भारतलाई समूह विजेता बन्न कम्तिमा ३ गोलको जित आवश्यक छ।

समूह ‘ए’ मा रहेको नेपाल भने प्रतियोगिताको समूह चरणबाटै बाहिरिने प्रवल सम्भावना रहेको छ। पहिलो खेलमा माल्दिभ्ससँग १–१ को बराबरी खेलेको नेपालले आफ्नो दोस्रो खेलमा भने भुटानसँग ३–० को लज्जास्पद हार व्यहोरेको थियो। नेपालको दोस्रो चरणमा स्थान बनाउनका लागि मंगलबार हुने भुटान र माल्दिभ्सबीचको खेलको अंक गणितीय नतिजामा भर पर्नेछ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।