मंगलबार, वैशाख ८, २०८३

बिएमके खुला पुरुष बास्केटबलमा गोर्खा ब्वाइज विजयी

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
काठमाडौं - पाँचौं बिएमके खुला पुरुष बास्केटबल प्रतियोगितामा गोर्खा ब्वाइज विजयी भएको छ। सोमबार भएको खेलमा गोर्खा ब्वाइजले अन्नपूर्णलाई ५५–५० स्कोरले पराजित गरेको हो। 

गोर्खा ब्वाइजको जितका लागि आयुश महर्जनले सर्वाधिक १७ स्कोर गरे। पहिलो क्वाटरमा १०–१२ ले पछि परेको गोर्खा ब्वाइजले दोस्रो क्वाटरमा १५–११ को बग्रता बनाएको थियो। त्यस्तै तेस्रो क्वाटरमा १९–९ स्कोरले अग्रता बनाउँदा चौथो क्वाटरमा ११–१८ ले पछि परे पनि समग्रहमा ५५–५० को स्कोरसहित  गोर्खा ब्वाइजले अन्नपूर्णमाथी जित निकालेको हो। 

त्यस्तै अन्य खेलमा बूढानीलकण्ठले आईस वाकरलाई ४६–४२ ले पराजित गरेको छ। बूढानीलकण्ठको जितका लागि रुपेश नापितले १६ स्कोर गरे। एसडिसीले आयोजक बिएमकेलाई ६१–४९ ले पाखा लगायो। एसडिसीका लागि राजेश ठकुरीले व्यक्तिगत २२ अंक जोडे। एनसिएचएसविरुद्धको खेलमा कीर्तिपुर विजयी भएको थियो। कीर्तिपुरले एनसिएचएसलाई ५९–४७ ले पराजित गरेको हो। कीर्तिपुरको जितमा अनिल खड्गीले १४ अंक जोडेका थिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।