शुक्रबार, साउन २९, २०८३

सगरमाथाको फेदमा गल्फ प्रतियोगिता हुने

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- बाह्रखरी मिडिया प्रालिको वार्षिक इभेन्ट ‘आमन्त्रण गल्फ प्रतियोगिता’ को तेस्रो संस्करण आगामी अक्टोबरमा हुने भएको छ। बाह्रखरी मिडियाले सोमबार पत्रकार सम्मेलन गरेर प्रतियोगिाता बारे जानकारी दिएको हो।

प्रतियोगिताले देशको प्रचारप्रसार गर्नुका साथै खेल भावनालाई प्रोत्साहन गर्ने र नेपाल भ्रमण वर्ष २०२० को प्रबद्र्धनमा समेत सहयोग पुर्याउने अपेक्षा आयोजकको छ।

बाह्रखरी मिडियाले यस वर्षको गल्फ सगरमाथा क्षेत्रमा आयोजना गर्ने भएको छ। यो प्रतियोगिताको नाम ‘एनसेल प्रिजेन्ट्स बाह्रखरी एभरेस्ट गल्फ २०१९’ रहेको छ। प्रतियोगिता नेपाल पर्यटन बोर्ड तथा भिजिट नेपाल इयर २०२० को सहकार्यमा गर्न लागिएको हो। 

प्रतियोगिता दुई चरणमा हुनेछ। पहिलो २० अक्टुबर २०१९ का दिन ४२ सय ५० मिटर उचाइमा रहेको कोङ्दे री मा खेलाइनेछ, जहाँ ४० बढी कर्पोरेट गल्फरले एक पार–३ कोर्समा प्रतिस्पर्धा गर्नेछन्।

दोस्रो चरणमा, सबै गल्फरले अक्टुबर २६ का दिन काठमाडौंको गोकर्ण सफारी रिसोर्टमा बाँकी रहेका १७ होल खेल्नेछन्। दोस्रो चरणमा अन्य खेलाडी पनि सहभागी हुनेछन्। दुई चरणमा गरी करिब सय गल्फरले प्रतिस्पर्धा गर्ने आयोजकको भनाइ छ।

गोकर्ण गल्फ क्लबको प्राविधिक सहयोगमा सगरमाथाको कोङ्दे रीमा वान होल गल्फ कोर्स तयार भइरहेको छ। यो प्रतियोगिता संसारकै सबैभन्दा अग्लो ठाउँमा खेलिएको ‘रेकर्ड ब्रेकिङ गल्फ इभेन्ट’ हुने आयोजकको दाबी छ। 

नेपाल भ्रमण वर्षको पूर्वसन्ध्यामा हुन लागेको प्रतियोगितामा भारत, चीन, अमेरिका, सिङ्गापुर, श्रीलङ्का, हङकङ, बेलायतलगायतका मुलुकबाट पत्रकारलाई आमन्त्रण गरिएको छ। साथै, सीएनएन, बीबीसी, रोयटर्स, एपी, एएफपी, ब्लुमबर्गजस्ता अन्तर्राष्ट्रिय समाचार संस्थालाई पनि आमन्त्रण गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइयो।

प्रतियोगिताका लागि ४० भन्दा बढी खेलाडी, १५ राष्ट्रिय–अन्तर्राष्ट्रिय पत्रकार तथा केही अन्तर्राष्ट्रिय खेलाडीका साथै विशिष्ट व्यक्तिलाई हवाईजहाज र हेलिकप्टरमा लुक्ला हुँदै कोङ्दे लग्ने योजना छ। प्रतियोगितालाई भाटभटेनी सुपर मार्केट्स तथा सिभास रिगलले सहप्रायोजन गरेका छन्।

थाई इन्टरनेसनल एयरलाइन्स र काल्र्सबर्ग बेभरेज पार्टनर रहेका छन् भने ग्लोबल आईएमई बैङ्क प्रतियोगिताको बैङ्किङ पार्टनर तथा टाटा मोटर्स एच फाइभ भेहिकल तथा होल–ईन–वान पार्टनर रहेको छ। 

पत्रकार सम्मेलनमा नेपाल भ्रमण वर्ष २०२० का संयोजक सुरज वैद्यले प्रतियोगिताको सफलताको शुभकामना दिँदै नेपालको पहिचानका लागि गरिएको कार्यक्रम भएको हुनाले आफूहरुले सहकार्य गरेको बताए। 

नेपाल पर्यटन बोर्डका सीईओ दीपकराज जोशीले ‘भिजिट नेपाल २०२०’ को पूर्वसन्ध्यामा बाह्रखरीले आयोजना गरेको यस कार्यक्रममा विश्वभरबाट पत्रकार आउनु सकारात्मक विषय भएको बताए। ‘विश्वभरका मिडियाको चासो सगरमाथाप्रति देखिन्छ। यो संसारभर समाचारको विषय पनि हो’, उनले भने।

बाह्रखरी मिडियाका प्रधान सम्पादक प्रतीक प्रधानले नेपालको पर्यटन प्रवद्र्धनमा सहयोग गर्न यो प्रतियोगिता आयोजना गरिएको बताए।

पत्रकार सम्मेलनमा बाह्रखरी मिडियाका प्रबन्ध सम्पादक राजेश केसीले पर्यटन प्रवद्र्धनमा सहयोग पुर्याउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको जानकारी गराउँदै मुलुकको जीडीपी बढाउन पर्यटन नै महत्वपूर्ण भएको बताए।

गोकर्ण गल्फ कोर्सका डाइरेक्टर दीपक आचार्यले ४२ सय ५० मिटरको उचाइमा प्रतियोगिता गर्न लागिएको जानकारी गराए। नेपाल खेलकुद पत्रकार मञ्चका पूर्वअध्यक्ष अजय फुयाँलले कार्यक्रमको सफलताको कामना गरे।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।