बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कृष्णाष्टमीमा पाटन कृष्ण मन्दिरभित्र प्रवेश नपाइने

कृष्णाष्टमीमा पाटन कृष्ण मन्दिरभित्र प्रवेश नपाइने

ललितपुरस्थित कृष्ण मन्दिर कृष्णाष्टमीमा पनि मन्दिरभित्र जान नपाइने भएको छ।
 |  आइतबार, भदौ १३, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, भदौ १३, २०७८

ललितपुर- ललितपुरस्थित कृष्ण मन्दिर कृष्णाष्टमीमा पनि मन्दिरभित्र जान नपाइने भएको छ। कोभिड संक्रमण हुने जोखिम कामयै रहेको भन्दै सोमबार परेको कृष्णाष्टमीमा मन्दिरभित्र प्रवेश गर्न नदिइने मन्दिर व्यवस्थापनले जानकारी दिएको हो। 

यो वर्ष पनि गत वर्षझैँ कोभिड सङ्क्रमण फैलने डरका कारण भक्तजनलाई मन्दिर प्रवेश गराइ कृष्णको दर्शन गर्न नदिने मन्दिरका पुजारी प्रतापधर राजोपाध्यायले बताए। 'आवश्यक अनि सीमित व्यक्ति बसेर भगवान्को पूजापाठ आदि कर्म गर्नेछौँ,' मन्दिर दिनभरि खुला रहे पनि मानिसलाई भने भित्र छिर्न नदिने उनको भनाइ छ। 

यही भदौ १ गते ललितपुरका विभिन्न गुठी तथा जात्रा अनि पर्व चलाउने व्यक्तिसँग बसी यो वर्ष आउँदा पर्वमा मात्र विधि गर्ने छलफल भइसकेको महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले बताए। 'रोगको ख्याल गरी कहीँकतै भीड हुन दिने छैनौँ,' उनले भने। 

सोमबार मनाइने कृष्ण पर्व साङ्केतिक रूपमा मात्र अघि बढाउने कुरामा छलफल भइरहेको जिल्ला प्रशासन कार्यालय ललितपुरका प्रजिअ ढुण्डीप्रसाद निरौलाले बताए। साँझ परेपछि गुठीबाट बत्ती लगेर बाल्ने र घुइँचो नहुने गरी व्यवस्थापन गर्ने संस्थान कार्यालय ललितपुर शाखाका प्रमुख खिमा वलीले बताए। 

ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता मानिने श्रीकृष्णको जन्म द्वापर युगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएको थियो। अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गर्न भगवान् विष्णुको आठौँ अवतारका रुपमा श्रीकृष्णको जन्म भएको पौराणिक कथन छ। कृष्ण मन्दिर रहेको पाटन दरबार क्षेत्रलाई युनेस्कोले विश्वसम्पदा क्षेत्रमा घोषणा गर्नाका साथै विश्वहस्तकला परिषद्ले ३५औँ कला नगरीसमेत घोषणा गरिसकेको छ। 

पाटन दरबार स्क्वायरस्थित कृष्ण मन्दिर विगत कोभिडकाल सुरु हुनुभन्दा अघि स्वदेशी तथा विदेशी पर्यटक घुम्न तथा अध्ययन गर्नसमेत आउने गर्थे। सो मन्दिरसहित पाटन दरबार क्षेत्रमा चारनारायण, दरबार सङ्ग्रहालय, अशोक स्तम्भ तथा हिरण्यवर्ण महाविहार आदिसमेत रहेका छन्। कृष्ण मन्दिर पाटनका राजा सिद्धिनरसिंह मल्लको पालामा निर्माण भएको हो। नेपालमा शिखरशैलीमा ढुङ्गाबाट निर्मित २१ गजुर भएको एकमात्रै मन्दिरका रुपमा पाटनको कृष्ण मन्दिर परिचित छ।


प्रकाशित: Aug 29, 2021| 18:07 आइतबार, भदौ १३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।