शुक्रबार, साउन २९, २०८३

पिएसजीको जितमा नेयमारको निर्णायक गोल

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- ब्राजिलियन स्टार नेयमार चम्कदा फ्रान्सेली लिग वानमा पेरिस सेन्ट जर्मेन (पिएसजी)ले लियोनलाई पराजित गरेको छ।

आइतबार राति भएको खेलमा पिएसजीले लियोनलाई १-० ले पराजित गरेको हो। निकै प्रतिस्पर्धात्मक बनेको खेलमा गोलका लागि लामै समय पर्खिनु पर्यो।

पहिलो हाफ बराबरीमा सकिएको खेलको दोस्रो हाफमा पिएसजीले अग्रता लिएको थियो। खेल सकिन मात्र तीन मिनेट बाँकी रहँदा नेयमारले पिएसजीका लागि विजयी गोल गरेका थिए। 

जितसँग पिएसजीले लिगको शीर्ष स्थानमा रहँदै तीन अंकको अग्रता लिएको छ। गत साता स्टार्सवर्गविरुद्वको खेलमा खेलको इन्जुरी समयमा नेयमारले पिएसजीका लागि एक मात्र विजयी गोल गरेका थिए। उनले लगातार दोस्रो खेल खेल्दै खेलको अन्तिम समयमा गोल गरेर पिएसजीलाई जित दिलाए ।

ट्रान्सफर विन्डोजमा बार्सिलोनासँग जोडिएका कारण नेयमारले पिएसजीका सुरुवाती पाँच खेल गुमाएका थिए। तर, उनको ट्रान्सफर सफल हुन सकेन। 

फ्रेन्च लिगको शीर्ष स्थानको पिएसजीले ६ खेलबाट १५ अंक जोडेको छ। लियोन ८ अंक सहित नवौ स्थानमा छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।