माठमाडौं- नेपाली फुटबलको चर्चित क्लब थ्री स्टारले आफ्नो वार्षिक साधारण सभा सम्पन्न गरेको छ।
अरुणमान जोशीको अध्यक्षतामा आइतबर बसेको साधारण सभाले निर्विरोध १९ सदस्यीय कार्य समिति चयन गरेको छ।
नयाँ कार्यसमितिमा निर्वतमान अध्यक्षमा ज्ञान बहादुर शाक्य, उपाध्यक्षमा निर्मल रत्न शाक्य, अतिश कृष्ण श्रेष्ठ, रमेश अवाले, कृष्ण अवाले, बिरेन्द्र लाल श्रेष्ठ र जय कृष्ण श्रेष्ठ चयन भएका छन्।
त्यस्तै महासचिव सन्जिव शिल्पकार, कोषाध्यक्षमा राम श्रेष्ठ, सचिवमा कुल बहादुर महर्जन र निवास गोपाल वैद्य तथा सहकोषाध्यक्ष देवेन्द्र लाल श्रेष्ठ रहेका छन्।
सदस्यहरुमा रामकृष्ण चित्रकार, प्रेम बहादुर चित्रकार, हरि महर्जन, रामेश्वर अवाले, रुपेन्द्र पुरी र मुकेश नकर्मी निर्विरोध चयन भएका छन् भने बाँकी २ सदस्य पछि चयन गर्ने महासचिव शिल्पकारले जानकारी दिए।
प्रमुख अतिथि रहेका ललितपुर महानगरपालिकाका मेयर चिरीबाबू महर्जनले थ्री स्टार क्लबलाई खेल क्षेत्रमा अग्रसर गराउनका लागि नगरपालिकाले भरपुर सहयोग गर्ने बताए।
उनले क्लबका लागि आवश्यक मैदान लगायतका पुर्वाधारहरु सहयोग गर्ने प्रतिबद्धता समेत जनाएका छन्। त्यसैगरी विशेष अतिथि राखेपका अध्यक्ष कर्मा छिरिङ शेर्पाले थ्री स्टारको हालसम्मको उपलब्धि प्रशंसनीय रहेको बताएका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४