आइतबार, वैशाख ६, २०८३

यू १८ फुटबल : नेपालको दोस्रो चरण पुग्ने सम्भावना कमजोर 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
काठमाडौं– घरेलु मैदानमा भएको तेस्रो संस्करणको साफ यू–१८ फुटबल च्याम्पियनसिपमा नेपालको सेमिफाइनल पुग्ने सम्भावना कमजोर बनेको छ।

हलचोकस्थित एपीएफको मैदानमा आइतबार भएको आफ्नो समूहको दोस्रो खेलमा भुटानसँग ३–० ले पराजित भएसँगै नेपालको दोस्रो चरणको यात्रा कमजोर बनेको हो।

अब नेपालको दोस्रो चरणमा स्थान बनाउन अंक गणितीय सम्भावना मात्र बाँकी रहेको छ। 

त्यसका लागि नेपालले मंगलबार हुने भुटान र माल्दिभ्सबीचको खेलको नतिजामा भर पर्नु पर्नेछ। 

भुटानको जितका लागि नाम्गेल, केल्जाङ जिग्मी र कर्मा सोनामले एक एक गोल गरे। 

पहिलो हाफमा १–० को अग्रता बनाएको भुटानले दोस्रो हाफमा थप दुई गोल गरेको हो। 

खेलको ३६ औं मिनेटमा नाम्गेलले गरेको प्रहारलाई नेपाली खेलाडी नितिन थापाले क्लियर गर्न खोज्दा फर्केको बललाई पुनः उनले दोस्रो प्रहार गर्दै गोल गरेका थिए।

त्यसपछि ८५ औं मिनेटमा नेपाली खेलाडीले पेनाल्टी क्षेत्रभित्र फाउल गरेपछि भुटानले पेनाल्टी पाएको थियो। 

उक्त पेनाल्टीलाई केल्जाङले सदुपयोग गर्दै अग्रता दोब्बर पारे। 

खेलको अन्तिम समयमा करीब २४ याडबाट कर्माले गोल गर्दै भुटानलाई ३–० को जित दिलाए। 

खेलमा आक्रामक देखिएको नेपालले केही अवसर श्रृजना गरे पनि गोल गर्न भने सकेन ।

यस जितसँगै भुटान प्रतियोगिताको दोस्रो चरणमा प्रवेश गरेको छ। 

यसअघि खेलको १७ औं मिनेटमा कर्मा क्षेत्रिमको लामो पासमा भुटानका स्ट्राइकर कर्मा सोनामले गरेको प्रहारले दिशमा लिन सकेन्। 

१९ औं मिनेटमा कर्माले नै पेनाल्टी बक्सभित्रैबाट गरेको प्रहार गोलरक्षक विशाल सुनारले सहजै बचाउ गरे। 

२७ औं मिनेटमा मनिस थापाले करिब ३५ याडबाट गरेको प्रहार भुटानका गोलरक्षक तेन्जिन दोर्जेले सहजै बचाउ गरे। ३५ औं मिनेटमा नितिनले गरेको शसक्त प्रहारलाई गोलरक्षक तेन्जेनले क्लियर गरी दिएका थिए।

६५ औं मिनेटमा पाएको अवसरलाई नेपालका साचु गुरुङले सदुपयोग गर्न नसक्दा नेपाल बराबरी गोल फर्काउनबाट चुकेको थियो।

६७ औं मिनेटमा किनले दोर्जेले वान भर्सेज वानको स्थितिमा अगाडि बढाएको बललाई करिब २४ यार्डबाट गरेको प्रहार क्रसबारको केही माथिबाट बाहिरिएको थियो। 

८० औं मिनेटमा तेन्जिन नोर्बु र शेरुब डोर्जेले वान टु वानमा अगाडि बढाएको बलमा नोर्बुको प्रहार क्रसबार माथिबाट बाहिरिएको थियो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।