शनिबार, साउन ३०, २०८३

यू–१८ फुटबल पहिलो हाफमा नेपाल १–० ले पछि

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- साफ यू-१८ फुटबल च्याम्पियनसिप अन्तर्गत आफ्नो दोस्रो खेलको पहिलो हाफमा नेपाल भुटानसँग पछि परेको छ। 

हलचोकस्थित एपीएफको मैदानमा जारी खेलको पहिलो हाफमा नेपाल १-० ले पछि परेको हो। 

पाहुना टोली भुटानलाई पहिलो हाफमा १–० को अग्रता दिलाउन नाम्गेलले गोल गरे।

उनले खेलको ३६ औं मिनेटमा गरेको प्रहारलाई नेपाली खेलाडी नितिन थापाले क्लियर गर्न खोज्दा फर्केको बललाई पुनः दोस्रो प्रहार गर्दै गोल गरेका हुन्।

यसअघि खेलको १७ औं मिनेटमा कर्मा क्षेत्रिमको लामो पासमा भुटानका स्ट्राइकर कर्मा सोनामले गरेको प्रहारले दिशा लिन सकेन।

१९ औं मिनेटमा कर्माले नै पेनाल्टी बक्सभित्रैबाट गरेको प्रहार गोलरक्षक बिशाल सुनारले सहजै बचाउ गरे। 

२७ औं मिनेटमा मनिश थापाले करीब ३५ याडबाट गरेको प्रहार भुटानका गोलरक्षक तेन्जिन डोर्जेले सहजै बचाउ गरे। 

३५ औं मिनेटमा नितिनले गरेको सशक्त प्रहारलाई गोलरक्षक तेन्जेनले क्लियर गरी दिएका थिए। 

नेपालले आफ्नो पहिलो खेलमा माल्दिभ्ससँग १–१ को बराबरी खेलेको थियो। भुटानको भने समूहमा यो पहिलो खेल हो।


 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।