मंगलबार, वैशाख ८, २०८३

ला लिगामा बार्सिलोना ग्रानडासँग पराजित 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
साविकको विजेता बार्सिलोना स्पेनिस ला लिगामा ग्रानडासँग पराजित भएकाे छ। 

शनिबार राति ग्रानडाको घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले २–० हार व्यहोरेको हो। ग्रानडाको जितका लागि रामन अजिज र अल्भरो भाडिलोले एक एक गोल गरे। खेलको दोस्रो मिनेटमा रामन अजिजले गोल गर्दै घरेलुु टोलिलाई अग्रता दिलाएका थिए। 

पहिलो हाफमा १-०गोलले पछि परेको बार्सिलोनाले त्यसपछि घरेलु टोलिलाई लगातार दवाव सिर्जना गरेपनि गोल गर्न सकेन। दोस्रो हाफको शुरुमा प्रशिक्षक एर्नेस्टो भालभेर्डेले स्टार खेलाडी लियोनेल मेस्सी र युवा स्टार खेलाडी अन्सु फातीलाई मैदानमा प्रवेश गराएका थिए। तर पनि बार्सिलोनाको हार टार्न सकेन। 

६६औं मिनेटमा ग्रानडाले पेनाल्टीमा गोल गर्दै अग्रता दोब्बर पारे। त्यसपछि दुबै टोलिबाट कुनै थप गोल हुन नसक्दा बार्सिलोनाले २–० को हार व्यहोरेको हो। 

ला लिगाको नयाँ सिजनका सुरुवाती ५ खेलमा बार्सिलोनाको यो दोस्रो हार हो। यसअघि बार्सिलोना एथ्लेटिको बिल्वाओसँग १–० ले पराजित भएको थियो। यस जितसँगै ग्रानडा ला लिगाको शीर्षस्थानमा उक्लिएको छ। 

ग्रानडाको ५ खेलबाट १० अंक रहेको छ। एक खेल कम खेलेको सेभिल्लाको १० अंक नै रहेपनि गोलअन्तरमा दोस्रो स्थानमा छ। पराजित बार्सिलोना ५ खेलबाट ७ अंक जोडेर सातौ स्थानमा छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।