शुक्रबार, साउन २९, २०८३

मलेसियामा कमललाई रजत

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- मलेसियामा सम्पन्न पाँचौ विश्व गोजुरियो कराँते डो च्याम्पियनसिपमा कमल ओलीले रजत पदक जितेका छन्। 

उनले गोजुरियो कराँते डोको अफिसियल प्रतियोगिता नेपालका लागि पहिलो पदक दिलाएका हुन्।

कमलले ६० केजी तौल समूह अन्तर्गत भएको प्रतिस्पर्धाको पहिलो चरणमा चाइनिज ताइपेका खेलाडीलाई पराजित गरेका थिए भने दोस्रो भारतलाई पराजित गर्दा सेमिफनइल प्रवेश गरेका थिए।

सेमिफाइनल फ्रान्सका खेलाडीलाई पराजित गर्दै उनी फाइनल पुगेका थिए। तर, फाइनलमा रोमानियाका खेलाडीसँग झिनो अन्तरमा पराजित हुँदै नेपाललाई पहिलो रजत पदक दिलाएका हुन्।

उक्त पदक गोजुरियो कराँतेको इतिहासमै नेपालले प्राप्त गरेको सबै भन्दा ठूलो पदक भएको अन्तर्राष्ट्रिय रेफ्री प्रकाश चन्दको दाबी छ।

कमलले नेपालगञ्जमा सम्पन्न आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा समेत आफ्नो चुनौती प्रस्तुत गरेका थिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।