शुक्रबार, साउन २९, २०८३

इन्टर हस्पिटल फुटसलमा सुमेरु हस्पिटल च्याम्पियन 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- महिला स्वास्थ्य ‘इन्टर हस्पिटल फुटसल च्याम्पियनसिप’को उपाधि सुमेरु हस्पिटलले जितेको छ। 

शनिबार भएको फाईनल खेलमा काठमाडौं मोडेल हस्पिटललाई ३–१ गोल अन्तरले पराजित गर्दै सुमेरु च्याम्पियन बनेको हो। 

काठमाडौंको ढुकु फुटसल मैदानमा भएको खेलमा सुमेरुलाई च्याम्पियन बनाउन कान्जा तेन्जिङ शेर्पाले दुई तथा अनिल महर्जनले एक गोल गरे।

यसअघि सुमेरुले मध्यपुर र काठमाडौं मोडेलले अल्कालाई पराजित गर्दै फाइनलमा स्थान बनाएका थिए। 

उपाधि सहित सुमेरुले ३० हजार रुपैयाँ प्राप्त गर्यो। उपविजेता काठमाडौं मोडेलले २० हजार रुपैयाँमा चित्त बुझायो। 

विजेतालाई नेपाल खेलकुद पत्रकार मञ्चका महासचिव प्रज्जवल ओली, किंग्स लाउन्चका कुमार गुरुङ, काठमाडौं जिल्ला खेलकुद विकास समितिका पूर्व अध्यक्ष ध्रुब न्यौपानेले पुरस्कार वितरण गरेका थिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।