काठमाडौं- विभागीय टोली त्रिभुवन आर्मीका धनबहादुर भट्ट प्रथम प्रकाश दाहाल स्मृति युवा नेपाल कप राष्ट्रिय भलिबल प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन्।
आर्मीलाई प्रतियोगिताको फाइनलसम्म पुर्याउन महत्वपूर्ण भूमिका खेलेका धनबहनदुर प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भएका हुन्।
उत्कृष्ट प्रर्दशन गरेका धनबहादुरले सर्वोत्कृष्ट खेलाडी घोषित हुदैं बाइक जितेका छन्।
अन्य व्यक्तिगत विधामा भने अर्को विभागीय टोली नेपाल पुलिसकै रह्यो। पुलिसका कुलबहादुर थापा उत्कृष्ट स्पाइकर, इम राना उत्कृष्ट सेटर, द्वारिका थापा उत्कृष्ट सर्भरमा, भिम मगर उत्कृष्ट डिफेन्डर र पुलिसकै सरोज श्रेष्ठ उत्कृष्ट प्रशिक्षकमा चुनिए।
उत्कृष्ट ब्लकर भने गण्डकीका याम क्षेत्री घोषित भए। व्यक्तिगत विधाका उत्कृष्ट खेलाडीले १० हजार नगद प्राप्त गरे। फाइनल खेलमा पुलिसले आर्मीलाई ३–० को सोझो सेटमा पराजित गर्दा उपाधि जितेको थियो।
सिजनको तेस्रो उपाधि जितेको पुलिसले नगद ५ लाख र उपविजेता आर्मीले ३ लाखमा चित्त बुझायो। तेस्रो भएको गण्डकीले १ लाख र चौथो भएको एपीएफले ५० हजार प्राप्त गरे।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४