शुक्रबार, साउन २९, २०८३

आइसीसी टी-२० वरियतामा नेपाल यथावत् 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- अन्तराष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) सार्वजनिक गरेको नयाँ टी-२० वरियतामा नेपाल यथावत् रहेको छ।

आइसीसी टी-२० वरियतामा नेपाल १४ खेलबाट २०१ रेटिङ र २८१८ पोईन्टका साथ ११ औं स्थानमा यथावत रहेको हो। 

नेपालअघि १० टेस्ट राष्ट्र रहेका छन् भने नेपालपछि एसोसियट राष्ट्र स्कटल्याण्ड, युएई र टेस्ट राष्ट्र आयरल्याण्ड, जिम्बाबे रहेका छन्।

टी–२० वरियताको पहिलो स्थानमा पाकिस्तान रहँदा, दोस्रो स्थानमा ईङल्याण्ड, तेस्रो स्थानमा भारत रहेका छन्। त्यस्तै क्रमश अष्ट्रेलिया, दक्षिण अफ्रिका, न्युजिल्याण्ड, अफगानिस्तान, श्रीलंका, वेस्ट ईन्डिज र बंगलादेश रहेका छन्। 

नेपालले गत महिना मलेसियासँगको दुई खेलको टी–२० सिरिज तथा सिंगापुरमा भएको आइसीसी टी–२० विश्वकप छनोट अन्तर्गतको एसिया फाइनल खेलेको थियो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।