काठमाडौँ - बार्सिलोनाको इतिहासमा सबै भन्दा कान्छो खेलाडीको रुपमा स्पेनिस ला लिगामा डेब्यू गरेका युवा खेलाडी अंसु फाती विश्व फुटबलमा चर्चाको विषय बनेका छन्।
बार्सिलोनामा स्टार खेलाडी लियोनेल मेस्सी घाइते भएका बेला फाति मेस्सीको स्थानमा पहिलो पटक सिनियर टोलिमा परेका थिए। उनले हाल सिनियर टोलिबाट ३ खेल खेल्दै २ गोल गरेर विश्व फुटबल र बार्सिलोनालाई नयाँ सुपरस्टार मिलेको झल्को दिएका छन्।
उनलाई च्याम्पियन्स लिगको समूह चरणको पहिलो खेलमा पनि मेस्सिको स्थानमा पहिलो रोजाइमा खेलाइएको थियो। पश्चिमी अफ्रिकी देश गुइनी बिसाउकामा जन्मिएका फातीलाई स्पेनले नागरिकता दिएको छ।
६ वर्षको उमेरदेखि स्पेनमा वस्दै आएका फाती सेभिल्ला र बार्सिलोना एकेडेमीका खेलाडी हुन्। उनी स्पेनमा १० वर्षदेखि बस्दै आएकाले स्पेनको नागरिक भएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएको छ। अब उनी स्पेनको राष्ट्रिय टोलिबाट फुटबल खेल्ने छन्। उनले स्पेनबाट अन्डर १७ विश्वकप खेल्ने छन्। त्यस्तै फातीका लागि पोर्चुगलको राष्ट्रिय टोलिबाट खेल्नसमेत प्रस्ताव आएको थियो।
गुइनी बिसाउ कुनै बेला पोर्चुगलको कोलोनीको रुपमा रहेको थियो। सोही अनुसार पोर्चुगलले आफ्नो क्षेत्रमा बस्दै आएकाहरुलाई नागरिकता दिने विशेष व्यवस्था गरेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४