मंगलबार, वैशाख ८, २०८३

वर्नमथसँग साउथह्याम्टन पराजित

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
एजेन्सी- इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत वर्नमथले साउथह्याम्टनलाई पराजित गरेको छ। शुक्रबार राति भएको खेलमा वर्नमथले साउथह्याम्टनलाई ३-१ गोलले पराजित गरेको हो। 

वर्नमथको जितका लागि नाथन एके, ह्यारी विल्सन र कालुम विल्सनले एक एक गोल गरे। साउथह्याम्टनका लागि जेम्स वार्ड प्राउसले एक गोल फर्काएका थिए।

खेलको १० औं मिनेटमा नाथन एकेले गोल गर्दै वर्नमथलाई अग्रता दिलाएका थिए। ३५ औं मिनेटमा ह्यारी विल्सनले गोल गर्दै वर्नमथको अग्रतालाई दोब्बर पारे। 

पहिलो हाफमा २-० को अग्रता बनएको वर्नमथले दोश्रो हाफमा थप एक गोल गर्दा एक गोल खन पुग्यो। ५३ औं मिनेटमा जेम्स वार्ड प्राउसले पेनाल्टीमा गोल गर्दै साउथह्याम्टनलाई खेलमा फर्काउने प्रयास गरेका थिए। तर खेलको ईन्जुरी समयमा कालुम विल्सनले गोल गर्दै वर्नमथलाई ३-० को जित दिलाए। 

कुनैपनि प्रतियोगितामा साउथह्याम्टनमाथि वर्नमथको यो पहिलो जित हो। यो जितसंगै वर्नमथ ६ खेलबाट १० अंक जोड्दै तालिकाको तेस्रो स्थानमा उक्लिएको छ। साउथह्याम्टन ७ अंक सहित ११ औं स्थानमा छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।