बुधबार, फागुन २७, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • अफगान बैंकिङ प्रणाली 'कोल्याप्स' हुने खतरा, पैसा झिक्न जानेलाई ढुंगाले हान्छन् तालिवान

अफगान बैंकिङ प्रणाली 'कोल्याप्स' हुने खतरा, पैसा झिक्न जानेलाई ढुंगाले हान्छन् तालिवान

अफगानिस्तानमा तालिवानले दुई साताअघि नियन्त्रणमा लिएका बैंक अझै सुचारु हुन सकेका छैनन्। आक्कलझुक्कल खुलेका एक दुईवटा बैंकमा मानिसहरुको भीड थामिनसक्नु छ।
 |  आइतबार, भदौ १३, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, भदौ १३, २०७८

काठमाडौं– अफगानिस्तानमा तालिवानले दुई साताअघि नियन्त्रणमा लिएका बैंक अझै सुचारु हुन सकेका छैनन्। आक्कलझुक्कल खुलेका एक दुईवटा बैंकमा मानिसहरुको भीड थामिनसक्नु छ। लामो समय बैक बन्द हुँदा त्यहाँको बैंकिङ प्रणाली नै ‘कोल्याप्स’ हुने र आर्थिक तथा मानवीय दुर्घटनाको जोखिम बढेको छ। 

National life

काबुलका केही बैंकबाहिर पैसा झिक्न मानिसहरुको भीड देखिन्छ। अनावश्यक भीड गरेको भन्दै तालिवानले मानिसहरुलाई ढुंगा र रुखका भाटाले हिर्काएको दृश्य र भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ। 

तालिवानले बैंकिङ सेवा खोल्न निर्देशन दिए पनि पैसा नभएका कारण अधिकांश बैंकहरु बन्द भएको अफगानिस्तानका बैंकहरुले जनाएका छन्। अफगान अर्थतन्त्र मुख्यतः विदेशी मुद्रा र अन्तर्राष्ट्रिय सहयोगमा निर्भर छ। तालिवानले कब्जा गरेपछि यस्तो सहयोग रोक्का भएको छ। ७५ प्रतिशत अफगानिस्तानको सार्वजनिक खर्च विदेशी अनुदानमा नै चल्ने गरेको विश्व वैंकको एक प्रतिवेदनमा उल्लेख छ। अफगानिस्तानमा आर्थिक तथा मानवीय संकट आउन सक्ने चिन्ता प्रतिवेदनमा जनाइएको छ। अफगानिस्तानमा ४७ प्रतिशत नागरिक गरिबीको रेखामुनि छन्। 

‘अफगानिस्तान र यहाँको बैंकिङ प्रणालीको अस्तित्व घट्दै गएको र बैंकिङ क्षेत्र ढल्नै थालेको छ,’ अफगान अमेरिकी चेम्बर अफ कमर्सले विश्व बैंकलाई पठाएको एउटा ध्यानाकर्षण पत्रमा उल्लेख छ। व्यावसायिक बैंक, ग्राहक र लगानीकर्ता रहेको अफगान व्यावसायिक बैंक र वित्तीय समूहले सो पत्र लेखेका थिए। 

अफगान अर्थतन्त्रका एक ज्ञाताका अनुसार बैंक खोल्नेवित्तिकै पैसा झिक्न चाहने मानिसको भीड देखिन्छ, तर बैंकमा कत्ति पनि पैसा छैन।

Laxmi sunrise bank
kumari

तालिवानले काबुलको सत्तापलट गरेपछि बाइडेन प्रशासनले अफगानिस्तानको केन्द्रीय बैंकमा राखेका अरबौं डलर रकमको पहुँचमाथि तालिवानलाई प्रतिबन्ध लगाएको थियो।

अन्तर्राष्ट्रिय मौद्रिक कोषले अफगानिस्तानलाई निकासा गर्न लागेको साढे चार करोड डलर रकम रोक्का गरेको छ। सो रकम यसै साता अफगानिस्तानलाई प्रदान गर्ने कार्यक्रम थियो। त्यस्तै, विश्व बैंकले पनि अफगानिस्तानलाई प्रदान गर्ने भनेको वित्तीय सहयोग रोक्का गरेको छ। 

–न्युजकारखानाबाट

प्रकाशित: Aug 29, 2021| 16:39 आइतबार, भदौ १३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।