बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • क्लासिक टेकको 'दादागिरि', कम्पनीविरुद्ध समाचार प्रकाशन गर्ने साइट नै ब्लक!

क्लासिक टेकको 'दादागिरि', कम्पनीविरुद्ध समाचार प्रकाशन गर्ने साइट नै ब्लक!

क्लासिक टेकको इन्टरनेट सेवाको गुणस्तरीय नभएको भन्दै सेवाग्राहीले उसको कार्यालयमा तालाबन्दी गरेका थिए। सोही समाचार आवर विराटनगरले प्रकाशन गरेको थियो।
 |  आइतबार, भदौ १३, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, भदौ १३, २०७८

विराटनगर- इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले कम्पनीविरुद्ध समाचार लेखेको भन्दै 'आवर विराटनगर' अनलाइन सञ्चारमाध्यमलाई 'ब्लक' गरेको आरोप लागेको छ। क्लासिक टेकको सेवाकेन्द्रमा सेवाग्राहीले लगाएको तालाबन्दीसम्बन्धी समाचार आवर विराटनगरमा प्रकाशन भएपछि कम्पनीले आफ्नो सेवा क्षेत्रमा उक्त सञ्चारमाध्यमलाई प्रतिबन्ध लगाएको आरोप लागेको हो। 

क्लासिक टेकको इन्टरनेट सेवाको गुणस्तरीय नभएको भन्दै सेवाग्राहीले उसको कार्यालयमा तालाबन्दी गरेका थिए। सोही समाचार आवर विराटनगरले प्रकाशन गरेको थियो। यो घटनाप्रति नेपाल पत्रकार महासंघ मोरङ शाखा र प्रदेश १ समितिले गम्भीर ध्यानाकर्षण भएको भन्दै तत्काल क्षमायाचनासहित अनलाइन साइटमाथिको प्रतिबन्ध खुलाउन क्लासिक टेकलाई आग्रह गरेका छन्। 

४० घण्टादेखि क्लासिक टेकको सेवा क्षेत्रमा उक्त अनलाईन पोर्टल नखुल्नु र अन्य सबै पोर्ट खुल्नु तथा घटनापछि नेपाल पत्रकार महासंघमा पठाएको पत्रमा समाचारप्रति उल्लेख नहुनुले कम्पनीको बदमासी गरेको महासंघको आरोप छ।  

'समाचार चित्त नबुझेमा वा त्यसप्रति कुनै गुनासो भए त्यसको कानूनी उपचार खोज्ने स्थापित विधि र प्रक्रिया विपरीत आफ्नो नियन्त्रणमा रहेको प्रविधिको दुरुपयोग गर्दै सरकारको अनुमतिमा नेपाल दुरसंचार प्राधिकरणले मात्र गर्न सक्ने साईट ब्लक गर्ने कार्य प्रेस स्वतन्त्रता विरोधी, गैरकानूनी र साईबर अपराध हो।  नेपाल पत्रकार महासंघ क्लासिक टेकको यस्तो आपत्तीजनक कार्यप्रति खेद प्रकट गर्दै घटनाको छानबिन गरी कारबाहीको माग गर्दछ,' महासंघ प्रदेश १ का महासचिव विवेक गौतमद्वारा जारी गरिएको विज्ञप्तिमा उल्लेख छ। 

इटरनेट सेवा प्रदायकहरुलाई आफ्नो सेवाको गुणस्तरमा सुधार गर्न र सर्वसाधारणको गुनासोको सम्बोधन गर्नसमेत महासंघको आग्रह छ। आगामी दिनमा यस्ता कार्य दोहोर्‍याए महासंघले गम्भीर कदम चाल्न बाध्य हुने महासंघको मोरङ शाखाको चेतावनी छ। 

प्रकाशित: Aug 29, 2021| 16:02 आइतबार, भदौ १३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।