काठमाडौं- घरेलु भूमिमा हुन लागेकाे तेस्रो संस्करणको साफ यु-१८ च्याम्पियनसिपमा आज नेपाली टोलीले माल्दिभ्सको सामना गर्दैछ। दिउँसो ३ बजे सुरु हुने उद्घाटन खेलमा साविक विजेता नेपालले माल्दिभ्सको सामना गर्न लागेको हो ।
समूहमा बलियो मानिएको माल्दिभ्सलाई पराजित गर्दै प्रतियोगितामा नेपाल सुखद् सुरुवात गर्न चाहन्छ। सहज समूहमा परेको नेपाललाई सेमिफाइनल पुग्न कठिन हुने छैन। नेपालले यसअघि नेपाल र भुटानमा भएको दुई संस्करणको उपाधि जितेको थियो। समूह ‘ए’मा रहेको नेपालले असोज ५ गते भुटानसँग आफ्नो दोस्रो खेल खेल्नेछ।
समूह ‘बी’मा भारत, श्रीलंका र बंगलादेश छन्। यो समूहका भारत र बंगलादेश बलिया टिम मानिन्छन्।
समूहका शीर्ष दुई टिम सेमिफाइनल पुग्नेछन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४