युरोपा लिग फुटबलमा इंग्लिस क्लब आर्सनलले जर्मन क्लब फ्रान्कफर्टलाई पराजित गरेको छ। बिहीबार राति फ्रान्कफर्टको घरेलु मैदानमा भएको खेलमा आर्सनलले ३-० गोलले विजयी भएको हो ।
आर्सनलको जितमा जो विलोक, बुकायो साका र पियरी एम्रिक अबुमियाङले समान १ गोल गरे । खेलको ३८ औं मिनेटमा विलोकले गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए। विलोकको गोलबाट पहिलो हाफमा १-० को अग्रता लिएको आर्सनलले दोस्रो हाफमा थप दुई गोल गर्यो।
७९ औं मिनेटमा फ्रान्कफर्टका डोमिनिक कोहड रातो कार्ड खादै मैदान बाहिरिएपछि घरेलु टोली १० खेलाडीमा सीमित भएको थियो ।
८५ औं मिनेटका साकाले गोल गर्दै आर्सनलको अग्रतालाई दोब्बर पारे। त्यसपछि ८७ औं मिनेटमा पियरी एम्रिक अबुमियाङले गोल गर्दै आर्सनललाई ३-० को सहज जित दिलाए।
आर्सनलले खेलमा राम्रा गोलका अवसर सिर्जना गरेको थियो। तर, उक्त अवसरलाई सही सदुपयोग गर्न सकेन। आर्सनलका गोलरक्षक एमिलियानो मार्टिनेजले समेत उत्कृष्ट बचाउ गरेका थिए। उनले अर्जेन्टिनाका मार्टिनेजले फिलिप किस्टिक र आन्दे्र सिल्भाको उत्कृष्ट प्रहारलाई बचाउ गरेका थिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४