शुक्रबार, वैशाख ४, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • 'इन्टर हस्पिटल फुटसल' शुक्रबारदेखि, उद्घाटनमा निदान र तिलगंगा भिड्ने 

'इन्टर हस्पिटल फुटसल' शुक्रबारदेखि, उद्घाटनमा निदान र तिलगंगा भिड्ने 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
काठमाडौं - पहिलो संस्करणको महिला स्वास्थ्य ‘इन्टर हस्पिटल फुटसल च्याम्पियनसिप’ शुक्रबार सुरु हुने भएको छ। ‘खेल खेलौं र स्वस्थ बनौं’ भन्ने मुल नाराका साथ सुरु हुन लागेको प्रतियोगिता दुई दिन सम्म चल्नेछ।
 
प्रतियोगितामा उपत्यकाका २१ सरकारी तथा निजी अस्पतालको सहभागिता रहने छ। लिग कम नकआउटका आधारमा सञ्चालन हुने प्रतियोगितामा सहभागी टिमलाई ८ समूहमा विभाजन गरिएको छ। प्रत्येक समूहमा तीन टोली रहेका छन्। समूहका शीर्ष दुई टोलीले नकआउट चरणमा स्थान बनाउनेछन्।
 
प्रतियोगिताको विजेताले उपाधिसहित ३० हजार र उपविजेताले २० हजार रुपैयाँ प्राप्त गर्नेछ।
 
उद्घाटन खेलमा निदान हस्पिटल र तिलगंगा हस्पिटल भिड्नेछन्।
 
प्रतियोगितामा निदान र तिलगंगासहित सुमेरु हस्पिटल, नेपाल एपीएफ, बयोधा हस्पिटल, विनायक हस्पिटल, स्टार हस्पिटल, मध्यपुर हस्पिटल, सिभिल हस्पिटल, मेट्रो आई केयर, ट्रमा सेन्टर, नेपाल पुलिस हस्पिटल, मेट्रो हस्पिटल, नेपाल क्यान्सर हस्पिटल, अल्का हस्पिटल त्यस्तै मातृका आई सेन्टर, नेश्नल क्यान्सर जावलाखेल, नर्भिक हस्पिटल, काठमाडौं मोडेल, नेपाल नेश्नल हस्पिटल, हिमाल हस्पिटलको सहभागीता रहनेछ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।