शुक्रबार, साउन ८, २०८३
  • गृहपृष्ठ
  • विदेश
  • ब्राजिलका राष्ट्रपति बोलसोनारोका तीन विकल्प– जेल, मृत्यु वा चुनावमा जित

ब्राजिलका राष्ट्रपति बोलसोनारोका तीन विकल्प– जेल, मृत्यु वा चुनावमा जित

ब्राजिलका राष्ट्रपति जायर बोलसोनारोले आफूसँग अब तीन विकल्प रहेको बताएका छन्।
 |  आइतबार, भदौ १३, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, भदौ १३, २०७८

काठमाडौं– ब्राजिलका राष्ट्रपति जायर बोलसोनारोले आफूसँग अब तीन विकल्प रहेको बताएका छन्।

उनैले भनेअनुसार पहिलो विकल्प हो– जेल। आफ्नो दोस्रो विकल्प मृत्यु र तेस्रो राष्ट्रपति चुनावमा जित रहेको बोलसोनारोले बताएका छन्। 

ब्राजिलमा आगामी वर्ष राष्ट्रपति निर्वाचन हुँदैछ र दक्षिणपन्थी राजनेता बोलसोनारो पूर्वराष्ट्रपति लुइस इनासियो लुला डा सिल्वासँग दोस्रो कार्यकालका लागि प्रतिस्पर्धा गर्दैछन्। 

राष्ट्रपति बोलसोनारोले धार्मिक नेतासँग भनेका छन्, ‘भविष्यका लागि मसँग तीन विकल्प छन्– या म गिरफ्तारीमा पर्छु, या मारिन्छु या चुनाव जित्छु।’

सन् २०१८ मा चुनाव प्रचारप्रसारको सिलसिलामा बोलसोनारोमाथि सांघातिक हमला भएको थियो। उनीमाथि एक व्यक्तिले चक्कु प्रहार गर्ने प्रयास गरेका थिए। 

६६ वर्षीय बोलसोनारो आगामी वर्ष हुने चुनावमा दोस्रो कार्यकालका लागि निर्वाचित हुनेमा आशावादी छन्। ब्राजिलमा इलेक्ट्रोनिक भोटिङ हुन्छ र यसमा उनले प्रश्न उठाउँदै आएका छन्। उनले चुनावको नतिजा अस्वीकार गर्न सक्ने चेतावनी पनि दिएका छन्। 

– बीबीसी


प्रकाशित: Aug 29, 2021| 15:33 आइतबार, भदौ १३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।