शुक्रबार, वैशाख ४, २०८३

फिफा वरियतामा माथि उक्लियो नेपाल

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
काठमाडौं - विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) वरियतामा नेपालले पाँच स्थान सुधार गरेको छ। फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरियतामा नेपालले पाँच स्थान सुधार गर्दै १६१औं स्थानमा उक्लिएको हो। यसअघि नेपाल १६६औं स्थानमा रहेको थियो।
     
दक्षिण एसियाको वरियतामा भने नेपाल तेस्रो स्थानमा रहेको छ। नेपालभन्दा माथि रहेको भारत १०४ औं स्थानमा छ भने माल्दिभ्स १५३औं स्थानमा छ। 

त्यसैगरी नेपालभन्दा तल रहेको भुटान १८५ औं स्थानमा रहँदा बङ्गलादेश १८७ औं स्थानमा छ। श्रीलङ्का २०२ औं स्थानमा छ भने पाकिस्तान २०३ औं स्थानमा रहेको छ। 

विश्व वरियताको शीर्ष स्थानमा बेल्जियम रहेको छ भने फ्रान्स दोस्रो र ब्राजिल तेस्रो स्थानमा छ। त्यसैगरी इङ्ग्ल्याण्ड चौथो, पोर्चुगल पाँचौं, उरुग्वे छैटौं, स्पेन सातौं, क्रोएसिया आठौं, कोलम्बिया नवौं र अर्जेन्टिना दशौं स्थानमा रहेका छन्। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।