शुक्रबार, साउन २९, २०८३

टी-२० सिरिज खेल्ने नेपाली टोलीको घोषणा, उपकप्तान बाहिरै 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- सिंगापुरमा हुने त्रिकोणात्मक र ओमानमा हुने टी–२० सिरिजको लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा भएको छ। 

उपकप्तान ज्ञानेन्द्र मल्ललाई टिम बहिर राख्दै १५ सदस्यीय टोलीको घोषण गरेको हो। ज्ञानेन्द्रसँगै गत महिना सिंगापुरमा सम्पन्न आइसिसी टी–२० एसिया विश्वकप छनोटमा रहेका वसन्त रेग्मी, शरद भेषवाकर र प्रदीप ऐरी टोलीमा अटाएका छैनन्।

पारस खड्काको कप्तानीमा घोषणा भएको टोलीमा युवा खेलाडी तथा अलाउन्डर कुशल मल्ल र शीर्षक्रमका ब्याट्सम्यान इशान पाण्डे पहिलो पटक टोलीमा परेका छन्। कुशल मल्ललेले उमेर समुहमा राम्रो प्रभाव छाडेका छन्। 

त्यस्तै इशान पाण्डेले गत जेठमा भएको प्रधानमन्त्री एक दिवसिय कप क्रिकेट प्रतियोगितामा उत्कृष्ट प्रर्दशन गरेका थिए। कुशल र इशान दुबै देब्रे हाते खेलाडी हुन्।

युवा खेलाडी दिपेन्द्र सिंह ऐरीलाई उप कप्तानको जिम्मेवारी दिएको छ। नेपाली टोलीमा आरिफ शेख, सन्दीप जोरा र सुसन भारीले पुनरागमन गरेका छन्। नेपालले सेप्टेम्बर २७ देखी अक्टोबर ३ सम्म जिम्बाबे र सिंगापुरसँग त्रिकोणात्मक सिरिज खेल्ने छ। 

त्यस्तै अक्टोबर ५ देखी १० सम्म ओमानमा पाँच राष्ट्रबीच टि२० सिरिज खेल्ने छ। जसमा ओमान सहित नेपाल,हङकङ,नेदरल्यान्ड,आयरल्यान्ड छन्। 

को को परे १५ सदस्यीय टिममा ?

पारस खड्का (कप्तान), 

दीपेन्द्र सिंह ऐरी (उप कप्तान), 

सोमपाल कामी, 

सन्दीप लामछाने, 

करण केसी, 

विनोद भण्डारी, 

ललित नारायण राजवंशी, 

पवन सरार्फ, 

अभिनाश बोहोरा, 

रोहित कुमार पौडेल, 

सुशन भारी, 

कुशल मल्ल, 

इशान पाण्डे,

आरिफ शेख, 

र, सन्दीप जोरा
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।