शुक्रबार, साउन २९, २०८३

युभेन्टस एथ्लेटिकोसँग बराबरीमा रोकियो

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

एजेन्सी- च्याम्पियन्स लिग फुटबलमा इटालियन च्याम्पियन युभेन्टस एथ्लेटिको मड्रिडसँग बराबरीमा रोकिएको छ। 

बुधबार राति एथ्लेटोकोको घरेलु मैदानमा भएको खेलमा युभेन्टसले २–२ को बराबरी खेलेको हो। खेलमा सुरुवाती अग्रता भने युभेन्टसले लिएको थियो। दुई गोलको अग्रता जोगाउन नसक्दा युभेन्टस एथ्लेटिकोसँग अंक बाड्न बाध्य भयो । 

पहिलो हाफमा गोलरहित बराबरी भएको खेलको दोश्रो हाफमा दुबै टोलिले समान दुई दुई गोल गरेका हुन्। खेलको ४८ औं मिनेटमा युभेन्ट्सका जुआन क्वाडराडोले गोल गर्दै ओअहुना टोलिलाई लाई अग्रता दिलाए। ६५ औं मिनेटमा ब्लाईज मटुडीले गोल गर्दै युभेन्टसको अग्रतालाई दोब्बर पारे।

तर घरेलु टोली एथ्लेटिकोले लगातार दुई गोल गर्दै खेलमा पुनरागमन गर्यो। ७० औं मिनेटमा स्टेफन साविकले गोल गर्दै घरेलु टोलिलाई खेलमा फर्काए। त्यसपछि खेलको अन्तिम मिनेटमा हेरेराले बराबरी गोल गर्दै युभेन्टससँग अंक बाडे।

युभेन्ट्सले ८६ औ मिनेटमा आरोन राम्सीलाई मैदानमा उतारेको थियो । यससँगै समुह डी मा रहेका दुवै क्लबले बराबरीबाट च्याम्पियन्स लिगको सुरुवात गरेका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।