एजेन्सी- युइएफए च्याम्पियन्स लिग फुटबल अन्तर्गत स्पेनिस क्लब रियल मड्रीडले फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)सँग लज्जास्पद हार व्यहोरेको छ।
पिएसजीको घरेलु मैदानमा बुधबार राति भएको खेलमा रियलले ३–० को लज्जास्पद हार व्यहोेरेको हो।
घरेलु टोलिको जितका लागि एन्जल डि मारियाले दुई तथा थोमस म्युनियरले एक गोल गरे। खेलको १४औं मिनेटमा एन्जल डि मारियाको गोलबाट घरेलु टोलीले अग्रता लिएको थियो। ३३औं मिनेटमा मारियाले व्यक्तिगत दोस्रो गोल गर्दै पहिलो हाफमौ २–० को अग्रत दिलाए।
लगत्तै ग्यारेथ बेलले अविश्वनीय गोल गरेपनि भिएआरको सहायतामा गोलले मान्यता पाएन। पेनाल्टी बक्सभित्रैबाट बेलले गरेको भली प्रहार रेफ्री एन्थोनी टेलरले भिएआरमा चेक गर्दै गोललाई मान्यता दिएनन्। त्यसपछि दोश्रो हाफमा थप एक गोल गर्ने क्रममा खेलको इन्ज्युरी समयमा थोमस म्युनियरले गोल गर्दै पिएसजीलाई ३–० को जित दिलाए।
यसअघि ५९ औं मिनेटमा पिएसजीका बर्नाटले गोलको सुन्दर मौका खेर फालेका थिए। ७७औं मिनेटमा करिम बेन्जेमाको गोलले पनि मान्यता नपाउदा रियालले गोल अन्तर घटाउन सकेन। ७८औं मिनेटमा बेन्जेमा अर्को मौका खेर फाल्यो।
यस जितसँगै पिएसजीले समूह ‘ए’ मा महत्वपुर्ण ३ अंक जोडेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४