शुक्रबार, वैशाख ४, २०८३

एकअर्काको रेकर्ड तोड्ने दाउमा भारत र दक्षिण अफ्रीका

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
काठमाडौं – टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा भारत र दक्षिण अफ्रीकाबीच प्रतिस्पर्धाको लामो लिस्ट छैन्। दुबै टोलीबीच हालसम्म १३ टी–२० अन्तर्राष्ट्रिय खेल भएका छन्।

जसमा भारतले ८ पटक जित निकालेको छ भने दक्षिण अफ्रीका ५ पटक भारतविरुद्ध विजयी भएको छ। त्यस्तै दुई खेल स्थगित भएका छन्। तर, भारतले आफ्नो भुमिमा टी–२० अन्तर्राष्ट्रियमा दक्षिण अफ्रीकालाई पराजित गर्न सकेको छैन्। 

दुबै टोलीले भारतमा हालसम्म दुई खेलमा प्रतिस्पर्धा गरेका छन्। ती दुबै खेल दक्षिण अफ्रीकाले जितेको छ। तर, २०१५ मा भारतको कोलकाता र २०१९ मा धर्मशालामा तय भएका दुई खेल स्थगित भएका थिए। 

२ अक्टोबर २०१५ मा भएको खेलमा दक्षिण अफ्रीकाले भारतलाई ७ विकेटले पराजित गर्दा ५ अक्टोबरमा भएको खेलमा भारत ६ विकेटले पराजित भएको थियो। 

यतिबेला भारत भ्रमणमा रहेको दक्षिण अफ्रीकाले बुधबार टी–२० सिरिज अन्तर्गत दोस्रो खेल खेल्दै छ। उक्त खेल मोहालीस्थित पिसिए आइएस बिन्द्र स्टेडियममा हुँदैछ। यस मैदनमा भारतले हालसम्म कुनै खेल गुमाएको छैन्।

 २००९ देखी २०१६ सम्म भारतले यस मैदानमा दुई खेल खेल्दा दुबै खेल जितेको रेकर्ड छ। दक्षिण अफ्रीकाले यस मैदानमा पहिलो पटक भारतको सामना गर्दैछ। यी दुई राष्ट्रबीचको पहिलो टी–२० खेल वर्षाका कारण स्थगित भएको थियो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।