शुक्रबार, वैशाख ४, २०८३

युभेन्टसलाई फिलिक्सको डर 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
काठमाडौं – इटालियन सिरी ए च्याम्पियन्स युभेन्टस र स्पेनिस क्लब एथ्लेटिको मड्रिड पुनः एक पटक च्याम्पियन्स लिगमा आमने सामने हुँदै छन्। गत सिजन युभेन्टसले एथ्लेटिकोलाई शीर्ष १६ मा पराजित गरेको थियो। 

त्यसैले पनि एथ्लेटिकोलाई गत सिजनको बदला लिन अवसर छ। समूह डी मा रहेका दुबै टोली अर्को चरणका दबेदारसमेत हुन्। किनकी यस समूहमा कमजोर मानिएका जर्मन क्लब बायेर लिभरकुसेन र रुसी क्लब लोकोमोटिभ मोस्को रहेका छन्। 

एथ्लेटिकोमा क्रिस्टियानो रोनाल्डोविरुद्ध ओआओ फिलिक्स रहेका छन्। फिलिक्सलाई भविष्यको स्टार खेलाडीको रुपमासमेत हेरिएको छ। तर, एथ्लेटिकोले युभेन्टससँग रक्षात्मक रणनीतिमा खेल्नु पर्नेछ। किनकी रोनाल्डोलाई एथ्लेटिकोसँग खेलेको लामो अनुभव छ। 

रोनाल्डोले रियल मड्रिडमा एक दशक बिताउँदा एथ्लेटिकोसँग खेल्ने अवसर पाएका थिए। जसमा दुई च्याम्पियन्स लिग फाइनल पनि रहेका छन्। दुबै खेल रियलले जितेको थियो। 

गत सिजन पनि युभेन्टसले एथ्लेटिकोलाई ३–२ गोलले पराजित गरेको थियो। तर, पोर्चुगिज युवा स्टार खेलाडी फिलिक्सको आगमनले एथ्लेटिकोलाई एक बलियो टोलीको रुपमा उभ्याएको छ। उनी यसै सिजन पोर्चुगिज क्लब बेन्फिकाबाट कीर्तिमानी मुल्यमा एथ्लेटिकोमा अनुबन्धित भएका थिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।