बुधबार, मंसिर ३, २०८२

मन भारी बनाउने दशैंको गीत (भिडियोसहित)

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
मन भारी भो त्यसै,
टिका छ घर देशै आमा, निधार भो परदेशै

नेपालीहरुको महान पर्व बडा दशैं नजिकिएसँगै दशैं सम्बन्धी गीतहरु बजारमा आउन थालेका छन्। 

दशैंको छेको पारेर बजारमा आउने अधिकांश गीतहरुमा परदेशमा हुने नेपाली युवाहरुको कथा, व्यथा छताछुल्ल हुने गरेको छ।

गरिबी तथा बेरोजगारीका कारण ठूलो संख्यामा परदेशीने नेपालीहरुको व्यथा यसपटकका दशैं गीतहरुमा देखिन थालेको छ। 

त्यसबाहेक दशैंमा नाच्ने र रमाईलो गर्ने खालका गीतहरु पनि आउने गरेका छन्। तर परदेशीका व्यथा समेटिएका गीतहरुको संख्या धेरै हुने गरेको छ।

परदेशमा रहने नेपाली युवाहरुको वास्तविक कथा समेटेर दशैं सम्बन्धी नयाँ गीत बजारमा आएको छ, ‘घरदेशै, परदेशै’।

रञ्जित परियारको शब्द, ऋषि खड्काको लयमा रहेको घरदेशै परदेशै गीत बुधबार युट्युबमार्फत् सार्वजनिक भएको हो। जसमा रञ्जित परियारकै स्वर रहेको छ भने स्वरमा निरु श्रीस मगरले साथ दिएकी छन्।

गीतको म्युजिक भिडियोमा गणेश हमाल, रञ्जित र रमा थपलियाको अभिनय रहेको छ।

भिडियोलाई रञ्जितले नै निर्देशन गरेका हुन् भने दीपक गिरिको सिनेम्याटोग्राफी रहेको छ। त्यस्तै अमृत चापागाईँले म्युजिक भिडियोको सम्पादन गरेका छन्।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्