बुधबार, भदौ ३१, २०८३

सप्तकोसीमा वर्षकै उच्च बहाव, ३५ वटा ढोका खुला [११ तस्बिरमा]

सप्तकोसीको बहाव आइतबार यस वर्षकै उच्च विन्दुमा पुगेको छ। कोसी ब्यारेज कन्ट्रोल रुमले दिएको जानकारीअनुसार सप्तकोसीमा २ लाख ५७ हजार ७ सय ९० क्युसेकप्रतिसेकेन्ड वहाव पुगेको छ।
 |  आइतबार, भदौ १३, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, भदौ १३, २०७८

सुनसरी– सप्तकोसीको बहाव आइतबार यस वर्षकै उच्च विन्दुमा पुगेको छ। कोसी ब्यारेज कन्ट्रोल रुमले दिएको जानकारीअनुसार सप्तकोसीमा २ लाख ५७ हजार ७ सय ९० क्युसेकप्रतिसेकेन्ड वहाव पुगेको छ। नदीको बहाव बढेसँगको कोसी ब्यारेजका ३५ वटा ढोका खोलिएका छन्।

साउन ३२ गते कोसीमा यस वर्षकै बढी २ लाख ५६ हजार २० क्यूसेक प्रतिसेकेण्ड वहाव मापन गरिएको थियो। पहिल्लो मापनले सो रेकर्डसमेत उछिनेको छ। पूर्वका अधिकांश भेगमा वर्षा जारी रहेकाले कोसीको जलस्तर अझै बढ्न सक्ने अनुमान छ। चतरामा रहेको बाढी मापन केन्द्रले समेत नदीको जलस्तर बढ्दो क्रममा देखाएको छ। जसका कारणसमेत कोसी ब्यारेजमा गरिने पछिल्ला मापनमा वहाव थप बढ्ने आंकलन गरिएको छ। 

यसैबीच निरन्तरको वर्षासँगै कोसीको वहावमा  उतारचढाव देखिदा श्रीलंका टापु क्षेत्रमा नदीले कटान थालेको छ। नदीमा आएको उतारचढावका कारण यसअघिका सातामै कटान लागेको सो क्षेत्रको कतिपय स्थानमा पुनः कटान सुरु भएको छ।

सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले नदीले टापु क्षेत्रका केही स्थानमा कटान गरेको खबर प्राप्त भएको बताए। उनका अनुसार गरैया टापुका २० घर परिवारलाई उद्धार गरी सुरक्षित स्थानमा सार्ने तयारी भइरहेको छ। 












प्रकाशित: Aug 29, 2021| 14:43 आइतबार, भदौ १३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।