शुक्रबार, वैशाख ४, २०८३

भारतका पूर्वस्पिनर वेंकटराम नेपालको बलिङ प्रशिक्षक नियुक्त

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
काठमाडौं- नेपाली राष्ट्रिय क्रिकेट टोलीको बलिङ प्रशिक्षकमा भारतका पूर्वस्पिनर वुरिती वेंकटराम नियुक्त भएका छन्। 

अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी)ले सिंगापुर र ओमानमा हुने टी-२० सिरिजका लागि उनलाई नेपालको बलिङ प्रशिक्षकमा नियुक्त गरेको हो। उनी सोमबार नै नेपाल आइसकेका छन्। 

पछिल्लो समय नेपालको बलियो पक्ष मानिने बलिङ कमजोर बन्दै गएको छ। गत महिना सिंगापुरमा सम्पन्न टी-२० एसिया विश्वकप छनोटमा नेपालको बलिङ कमजोर देखिएको थियो। 

वेंकटरामले जिम्मेवारी सम्हालेपछि नेपालको बलिङमा सुधार हुने अपेक्षा गरिएको छ। 

नेपालले सेप्टेम्बर २७ देखि अक्टोबर ३ सम्म सिंगापुर र जिम्बाबेसँग सिंगापुरमा त्रिकोणात्मक टी-२० सिरिज खेल्नेछ। त्यसपछि नेपाली टोली सिंगापुरबाटै ओमान प्रस्थान गर्ने छ। 

ओमानमा नेपाल पाँच राष्ट्रबीच हुने टी-२० सिरिज खेल्नेछ । उक्त सिरिजमा नेपालसहित आयोजक ओमान, नेदरल्यान्ड, आयरल्यान्ड र हङकङ छन्। 

नेपाली टोली यी दुई सिरिज र आगमी डिसेम्बरमा घरेलु भूमिमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) को तयारीका लागि बन्द प्रशिक्षणमा छ। 

 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।