शुक्रबार, वैशाख ४, २०८३

ईपीएलको प्रशारण अधिकार भारतको डी स्पोर्ट्सलाई

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
काठमाडौं - यसवर्षको एभरेस्ट प्रिमिएर लिग (ईपीएल) क्रिकेट प्रतियोगिता भारतीय स्पोर्ट्स च्यानल डी स्पोर्ट्सबाट प्रत्यक्ष प्रशारण हुने भएको छ।

ईपीएलका प्रबन्ध निर्देशक आमिर अख्तर र डी स्पोर्ट्सका सीईओ दिलिप सरनले मंगलबार आयोजित एक कार्यक्रमका बीच सो सम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्। ईपीएलले डी स्पोर्ट्ससँग ब्रोडकाष्टिङ पार्टनरको रुपमा तीन वर्षे सम्झौता गरेको हो। सम्झौताको रकम भने आयोजकले खुलाएको छैन।

यसअघिको सिजन एपी वान टेलिभिजनले प्रत्यक्ष प्रशारण गरेको थियो। नेपालको लागि भने प्रसारण अधिकारी ईपीएलसँग नै रहेको छ । अख्तरका अनुसार आवश्यक परेको खण्डमा ईपीएलले नेपाली च्यानललाई पनि अधिकार प्रदान गर्न सक्नेछ। डी स्पोर्ट्सले यसअघि अफगानिस्तान प्रिमियर लिग, बंगलादेश प्रिमियर लिग, निददास ट्रफी लगायत प्रतियोगिताको प्रत्यक्ष प्रसारण गरेको थियो।

डी स्पोर्टसका दिलिपले नेपालमा आएर प्रतियोगिता प्रसारण गर्न पाउँदा उत्साहित भएको बताए। उनले यस कार्यले नेपालको क्रिकेट विकासमा थप टेवा पुग्ने र युवा क्रिकेटरलाई अन्तर्राष्ट्रिय एक्सपोजरका लागि सहयोग पुग्ने बताए। 

ईपीएल फागुन १७ देखि चैत १ गते सम्म संचालन हुने छ। ईपीएलमा ६ टोली रहेका छन्। गत वर्षको उपाधि ज्ञानेन्द्र नेतृत्वको ललितपुर प्याट्रियटसले जितेको थियो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।