काठमाडौ- पेप्सीकोलास्थित हर्षित बचत तथा ऋण सहकारी संस्थामा रकम चोरी गर्ने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।
भदौ २५ गते सहकारीको अफिस फोडेर रकम राख्ने भल्टबाट रकम चोरीको आरोपमा प्रहरीले रामेछापका दानबहादुर थापा र सुनिल थापालाई पक्राउ गरेको हो।
प्रहरीका अनुसार उनीहरुले सो सहकारीबाट ७ लाख ८९ हजार ९९२ रुपैयाँ चोरी गरेका थिए ।
थापाद्वयका साथबाट प्रहरीले ५३ हजार रुपैयाँ नगद सहित चोरी गरी लगेको सेफ, फलामको गल, सामसङ मोवाइल र कपडा बरामद गरेको छ ।
उनीहरुलाई आवश्यक कारबाहिको लागी महानगरीय प्रहरी परिसर काठमाडौ पठाईएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४