शुक्रबार, वैशाख ४, २०८३

नेपाली महिला टोली एसियन टेबलटेनिसको फाइनलमा 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
काठमाडौं–नेपाली महिला टेबलटेनिस टोली ईन्डोनेसियाको योकर्तामा जारी २४ औं एसियन टेवलटेनिस च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ। 

नविता श्रेष्ठ, एलिना महर्जन र सिक्का सुवाल सम्मिलित नेपाली महिला टोलीले प्रतियोगिताको फाइनलमा स्थान बनाएको हो। लिग कम नकआउटका आधारमा भएको खेलमा नेपाल लगातार इरान र मकाउसँग समान ३–० ले पराजित भएपनि त्यसपछि उत्कृष्ट पुनरागमन गर्दै जोर्डन र तुर्कमिनिस्तानलाई समान ३–० ले पराजित गर्दै उपाधि भिडन्तमा पुगेको हो।

त्यस्तै नेपाली पुरुष टिमले पहिलो जित निकालेको छ। सोमबार भएको टिम इभेन्टमा नेपालले तुर्कमिनिस्तानलाई ३–१ ले पराजित गर्‍यो। तुर्कमिनिस्तानसँगको खेलमा नेपालका लागि स्यान्टु श्रेष्ठले दुई तथा संयोग कपालीले एक खेल जिते। अमरलाल मल्ल भने पराजित भए। 

त्यस्तै पुरुष टिम ईभेन्ट्कै अर्को खेलमा भने नेपाल थाईल्याण्डसंग पराजित भएको छ। थाईल्याण्डसँगको खेलमा नेपाल ३–० ले पराजित भयो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।