काठमाडौं– एकेडेमी क्रिकेट लिग (एसिएल) यू–१९ टी–२० क्रिकेट प्रतियोगिता असोज पहिलो साताबाट हुने भएको छ। प्रतियोगिता असोज २ देखि १५ गतेसम्म हुने आयोजक नेक्सस क्रिकेट एकेडेमीले जानकारी दिएको छ।
संविधान दिवसको अवसर पारेर राष्ट्रिय खेलकुद परिषद् (राखेप) को प्रवद्र्धनमा प्रतियोगिता काठमाडौंस्थित मुलपानि क्रिकेट मैदानमा हुने छ। प्रतियोगितामा देशभरका १६ निजी एकेडेमीको सहभागिता रहने आयोजकले जनाएको छ। जसमा ७ टोली उपत्यका भित्रका र ९ टोली देशका अन्य विभिन्न ठाँउबाट रहने छन्।
सहभागी टोलीलाई ४ समूहमा विभाजन गरिएको छ। खेल लिग कम नकआउटका आधारमा संचालन गरिने आयोजकले जानकारी दिएको छ। प्रतियोगिताका उत्कृष्ट चार खेलाडीका लागि आयोजकले दिल्लीमा ६ महिना निःशुल्क प्रशिक्षणको व्यवस्था मिलाउने जानकारी दिएको छ। यस्तै प्रतियोगितामा सहभागी प्रत्येक खेलाडी र अफिसियलहरुको ५ लाख बराबरको दुर्घटना बीमा गरिने छ।
प्रतियोगिताको विजेता टोलीले १ लाख ५० हजार नगद प्राप्त गर्ने छ भने उपविजेताले १ लाख प्राप्त गर्ने छ। त्यस्तै प्रतियोगिताको हरेक खेलको म्यान अफ दी म्याचले १० हजार प्राप्त गर्ने छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४