शुक्रबार, वैशाख ४, २०८३

क्यानको निर्वाचान असोज दोस्रो साता 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
काठमाडौं– नेपाल क्रिकेट संघ (क्यान) को केन्द्रीय निर्वाचन असोज दोस्रो साता हुने भएको छ। 

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी), राष्ट्रिय खेलकुद परिषद् (राखेप) र स्वतन्त्र कमिटीका प्रतिनिधि सहितको बैठकले क्यान निर्वाचनको मिति असोज दोसो साताका लागि तय गरेको हो।

निर्वाचनको प्रक्रियागत समस्या देखिएपछि विवाद समाधानका लागि छलफल गर्न आइसीसीका प्रतिनिधि आइतबार नेपाल आएका थिए। 

छलफलमा अइसीसीका ईमरान ख्वाजा र अमर शेख, राखेप सदस्य सचिव रमेश सिलवाल र स्वतन्त्र कमिटिका कानुनी परामर्शदाता राजेश्वर श्रेष्ठसंग छलफल गरेका थिए। 

सोही अनुसार बैठकले क्यानको केन्द्रीय निर्वाचन स्वच्छ, निष्पक्ष र मर्यादित तरिकाले सम्पन्न गर्ने निर्णय गरेको छ। 

यो निर्णयसँगै अब क्यानको निर्वाचन असोज १० र ११ गते हुने भएको हो। 

यसअघि सदस्य सचिव सिलवालले राखेपको सहमति बिना हुने निर्वाचनलाई मान्यता नदिने भन्दै स्वतन्त्र कमिटीले असोज ३ र ४ गतेका लागि तय गरेको निर्वाचनको सूचना फिर्ता लिन निर्देशन दिएका थिए। 

उनको निर्देशनसंगै असोज ३ र ४ गतेको निर्वाचन अन्योलमा परेको थियो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।