शुक्रबार, साउन २९, २०८३

कुवेतविरुद्ध जितकाे खोजीमा नेपाल 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- जोर्डनमा जारी एएफसी यु-१६ च्याम्पियनसिप छनोटको दोस्रो खेलमा सोमबार नेपालले बलियो टोली कुवेतको सामना गर्दैछ। खेल नेपाली समय अनुसार राति १०ः४५ बजे सुरु हुनेछ।

पहिलो खेलमा फराकिलो हार व्यहोरेको नेपालले दोस्रो चरणको स्थान बनाउन कुवेतविरुद्धको खेलमा अंक जोड्न जरुरी छ। जसका लागि नेपालले जित वा कम्तिमा बराबरीको नतिजा निकाल्नु पर्नेछ। 

अम्मानको जार्का सिटीस्थित प्रिन्स मोहम्मद अन्तर्राष्ट्रिय रंगशालामा कुवेतविरुद्ध नेपाल जित्ने लक्ष्यका साथ मैदान उत्रदैछ । तर, कुवेतलाई पराजित गर्न नेपाललाई त्यति सहज भने छैन ।

यता कुवेतले प्रतियोगितामा सुखद् सुरुवात गरिसकेको छ। लगातार दोस्रो जितको खोजीमा रहेको कुवेतले पहिलो खेलमा श्रीलंकालाई २-० ले पराजित गरेको थियो। 

यसअघि पहिलो खेलमा नेपाल भने घरेलु टोली जोर्डनसँग ७-० ले पराजित भएको थियो। 

सन् २०२० मा आयोजना हुने च्याम्पियनसिपअन्तर्गत छनोटको समूह ‘ए’ मा रहेको नेपाल अंकविहीन रहँदै पुछारमा छ। यस समूहमा जोर्डन शीर्ष स्थानमा छ । यस्तै, कुवेत दोस्रो, ताजकिस्तान तेस्रो र श्रीलंका चौंथो स्थानमा छन्।

प्रतियोगिताअन्तर्गत नेपालले असोज ३ गते ताजकिस्तान र असोज ५ गते श्रीलंकासँग खेल्नेछ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।