शुक्रबार, वैशाख ४, २०८३

बार्बाडोस पराजित खेलमा सन्दीपको एक विकेट 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
काठमाडौं- नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित बार्बाडोस ट्रिडेन्ट क्यारेबियन क्रिकेट लिग (सीपीएल) क्रिकेटमा पराजित भएको छ।

आइतबार राति भएको खेलमा बार्बाडोस जमैका तालेवाजसँग ४ विकेटले पराजित भएको हो। बार्बाडोसले दिएको १४१ रनको लक्ष्य पछ्याएको जमैकाले १८.३ ओभरमा ६ विकेट गुमाउदै उक्त लक्ष्य भेट्टायो। जमैकाको जितमा कप्तान चाडविक वाल्टन अविजित रहदै ५१ रनको अर्धशतकीय पारी खेले। यस्तै ग्लेन फिलिप्सले २८ रन जोड्दा जाभिले ग्लेनले २७ र क्रिस गेलले २२ रन जोडे। 

बार्बाडोसका ह्याडेन वाल्स र जासन होल्डरले २-२ विकेट लिँदा सन्दीपले १ विकेट लिए। यससँगै सन्दीपले यस सिजन ३ खेलमा ४ विकेट लिएका छन्।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बार्बाडोसले २० ओभरमा ९ विकेट गुमाएर १४० रन बनाएको थियो ।

बार्बाडोसका लागि एश्ले नर्सले ३७ तथा जेपी डुमिनीले ३१, लेनिको बाउचरले १५ तथा एलेक्स हेल्स र जोन्सन चार्ल्सले १२-१२ रन बनाए। सन्दीपले अविजित रहँदै १० रन जोडे । जमैकाका जाहिर खानले ३ तथा जर्ज वर्कर र रामेल लेविसले २-२ विकेट लिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।