शुक्रबार, वैशाख ४, २०८३

आर्सनल बराबरीमा रोकियो

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
एजेन्सी- इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनल बराबरीमा रोकिएको छ। आइतबार राति भएको खेलमा आर्सनल वाट्फोर्डसँग २-२ गोलको बराबरीमा रोकिएको हो।

वाट्फोर्डको मैदानमा भएको खेलमा अग्रता भने आर्सनलले लिएको थियो। आर्सनलले २ गोलको अग्रता जोगाउन नसक्दा अंक बाड्न बाध्य भएको हो । आर्सनलका पेरिक एम्रिक आबुमियाङ एक्लैले दुई गोल गरेका थिए। घरेलु टोलीका लागि टम क्लेभर्ली र रोबर्टो पेरेयाराले १-१ गोल गरे। 

खेलको २१ औं मिनेटमा आबुमियाङले गोल गर्दै आर्सनललाई अग्रता दिलाए। ३२ औं मिनेटमा आबुमियाङले व्यक्तिगत दोस्रो गोल गर्दै आर्सनललाई पहिलो हाफमा २-० को अग्रता दिलाएका थिए। तर, दोस्रो हाफमा भने आर्सनलले अग्रता जोगाउन सकेन।

खेलको ५३ औं मिनेटमा क्लेभर्लीले गोल गर्दै खेल २-१ मा ल्याए। त्यस्तै खेलको ८१ औं मिनेटमा रोबर्टोले पेनाल्टीमा गोल गर्दै खेल २-२ को बराबरीमा ल्याउदै वाट्फोर्डलाई हारबाट जोगाएका हुन्। बराबरीसँगै आर्सनलले ५ खेलबाट ८ अंक जोड्दै लिगको सातौं स्थानमा छ । वाट्फोर्डको ५ खेलबाट २ अंक छ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।