बुधबार, जेठ २०, २०८३

खोलाले बगाउँदा मलामी गएका युवक बेपत्ता

मलामी गएका एक युवक खोलाले बगाउँदा बेपत्ता भएका छन्। बैतडीको सिगास गाउँपालिका–२ का अन्दाजी २६ वर्षीय प्रकाशसिंह धामी बेपत्ता खोलाले बगाएर बेपत्ता भएका हुन्।
 |  आइतबार, भदौ १३, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, भदौ १३, २०७८
National life
Shivam cement

धनगढी- मलामी गएका एक युवक खोलाले बगाउँदा बेपत्ता भएका छन्। बैतडीको सिगास गाउँपालिका–२ का अन्दाजी २६ वर्षीय प्रकाशसिंह धामी बेपत्ता खोलाले बगाएर बेपत्ता भएका हुन्।

आइतबार बिहान आफन्तको मलामी गएका उनी माडौ खोला नुहाउँने बगेर बेपत्ता भएका हुन्। उनीसँगै नरेन्द्रसिंह धामी, बिरेन्द्र सिंह धामी, नन्द धामी र बिरेन्द्र धामीलाई पनि खोलाले बगाएको थियो। 

तर, उनीहरूको स्थानीयले तत्काल उद्धार गरेका थिए। बेपत्ता धामीको खोजी कार्य जारी रहेको उनका आफन्त राजेन्द्र धामीले बताए। बेपत्ता धामीको खोजी कार्यका लागि गाँजरी प्रहरी चौकीबाट प्रहरी निरीक्षक बिरबहादुर कार्की नेतृत्वको टोली घटनास्थलतर्फ हिडेको प्रहरीले जनाएको छ।

प्रकाशित: Aug 29, 2021| 13:20 आइतबार, भदौ १३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।