शुक्रबार, वैशाख ४, २०८३

भलिबलमा आर्मी र पुलिसबीच उपाधि भिडन्त

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
काठमाडौं- सर्वाधिक धनराशिको प्रथम प्रकाश दाहाल स्मृति युवा नेपाल कप राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधिका लागि सोमबार दुई विभागीय टोली त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब प्रतिस्पर्धा गर्दैछन्। खेल दिउँसो १ बजेपछि सुरु हुनेछ। 

आर्मीले गण्डकी प्रदेशलाई तथा पुलिसले एपिएफ क्लबलाई पराजित गर्दै फाइनल पुगेका हुन्। दुवै टोलीले अपराजित रहदै फाइनलसम्मको यात्रा तय गरेका हुन्।

पुलिस वर्षको तेस्रो उपाधि जित्ने लक्ष्यका साथ मैदान उत्रिने छ। आठौं र पाथिभरा राष्ट्रिय भलिबलमा आर्मीलाई नै पराजित गर्दै वर्षको दुई उपाधि जितिसकेको छ। तर, प्रधानसेनापति कपको फाइनलमा भने पुलिस आर्मीसँग पराजित भएको थियो। त्यसैले पुलिसलाई उक्त हारको बदला लिने अवसर पनि छ। यता आर्मी पनि वर्षको दोस्रो उपाधि जित्ने लक्ष्यका साथ मैदानमा उत्रनेछ। प्रधानसेनापति कपमा पुलिसलाई हराउँदै उपाधि जितेकाले आर्मीसँग उच्च मनोबल छ। त्यस्तै, आठौं र पाथिभरा राष्ट्रिय भलिबलमा पुलिससँग पराजित भएको बदला लिने अवसर पनि छ। 

त्यस्तै, बिहान ९ बजे तेस्रो स्थानका लागि गण्डकी प्रदेश र अर्को विभागीय टोली एपिएफबीच प्रतिस्पर्धा हुनेछ। 

प्रतियोगिताको विजेता टोलीले ५ लाख र उपविजेताले ३ लाख रूपैयाँ पाउनेछन् । त्यस्तै, तेस्रो र चौथो हुनेले क्रमशः १ लाख र ५० हजार रूपैयाँ पाउनेछन् । 

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक थान मोटरसाइकल पाउनेछन्। विधागततर्फ उत्कृष्ट स्पाइकर, ब्लकर, डिफेन्डर, सर्भर र प्रशिक्षकले जनही १०(१० हजार रूपैयाँ पुरस्कार पाउनेछन्। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।